Nishani (निशानी) – New Nepali Movie Watch Online

  •  
  •  
  •  
  •  
  •  

गायकका रूपमा स्थापित भैसकेका प्रशान्त तामाङ दोस्रो पटक नायकका रूपमा प्रस्तुत भएको चलचित्र ‘निशानी’ । निर्देशक विनोद सेरेङको लेखनमा तयार पारिएको यो चलचित्रमा सन् १९९९ मा भएको खालुवार (कारगिल) युद्धमा गोर्खा फौजले देखाएको बहादुरीको सत्य घटनामा आधारित छ ।

नयाँ अनुहार अनु गुरुङले नायिकाका रूपमा डेब्यु गरेको यो चलचित्रलाई प्रेम सुब्बा, सरोज भण्डारी तथा ललिता धौभडेल (सेरेङ) ले निर्माण गरेका हुन्। सांगीतिक पक्ष सबल रहेको यो चलचित्रमा प्रशान्त तामाङले सैनिकको भूमिका निर्वाह गरेका छन्।

लमजुङको घले गाउँ, इलामको कन्याम, दार्जीलिङ तथा सिक्किममा छायांकन गरिएको यो चलचित्रका छायांकार युवराज राई हुन्। चलचित्रमा गोविन्द राईको नृत्य निर्देशन छ भने जनक गुरुङ यसका द्वन्द्व निर्देशक हुन्। निर्देशक सेरेङका अनुसार चलचित्र निशानीमा पूर्वी र पश्चिम नेपालको सांस्कृतिक विविधतासमेत प्रस्तुत गरिएको छ। चलचित्रमा प्रशान्त तामाङ, दीपक लिम्बु, बीबी अनुरागी आदिको पाश्र्व गायन छ।
कलाकार : प्रशान्त तामाङ, अनु गुरुङ, विष्णु चेम्जोङ, सुरज रानाभाट, प्रेम सुब्बा, जयनन्द लामा, सिरु विष्ट, कोपिला थापा, अस्मि गुरुङ, किशोर सम्बाहम्फे तथा महेन्द्र बागदास।
संगीतकार : बीबी अनुरागी

हेरौँ भिडियो:

Comments

comments

Comments are closed.