gulminews logo
बुधबार, २०८१ बैशाख १२

BREAKING NEWS: गुल्मीमा अब २ संसदीय र ४ प्रादेशिक क्षेत्र हुने, रेसुङ्गा नपा टुक्रियो

गुल्मी, १० भाद्र । गुल्मीलाई २ संसदीय र ४ प्रादेशिक क्षेत्रमा क्षेत्रमा विभाजन गरिएको छ । ३ क्षेत्र रहेको गुल्मीमा अब २ क्षेत्र रहने भएका छन । देशलाई २४० क्षेत्रबाट १६५ क्षेत्र बनाउने संबिधानमा नै व्यवस्था भए अनुरुप गुल्मीमा सो बिभाजन भएको हो ।

क्षेत्र निर्धारण गर्दा जिल्लाको रेसुङ्गा नगरपालिकालाई भने संसदीय र प्रादेशिक दुवै निर्वाचन क्षेत्रमा टुक्राइएको छ । यसको औपचारीक घोषणा भने हुँन बाँकी छ ।

हेरौं कुन क्षेत्रमा कुन कुन ठाउँ परे त ?
संसदीय निर्वाचन अन्तर्गत क्षेत्र नम्बर १ मा चन्द्रकोट गाउँपालिका, कालीगण्डकी, गाउँपालिका, सत्यवती गाउँपालिका, रुरु गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मी दरबार गाउँपालिका र रेसुङ्गा नगरपालिका ७ देखि १४ वडासम्म परेका छन भने क्षेत्र नम्बर २ मा इस्मा गाउँपालिका, धुर्कोट गाउँपालिका, मालिका गाउँपालिका, मदाने गाउँपालिका, मुसीकोट नगरपालिका र रेसुङ्गा नगरपालिका १ देखि ६ वडासम्म परेका छन ।

त्यस्तै ४ क्षेत्र रहने प्रादेशिक निर्वाचन क्षेत्र अन्तर्गत क्षेत्र नम्बर १ मा चन्द्रकोट गाउँपालिका, कालीगण्डकी गाउँपालिका र सत्यवती गाउँपालिका, क्षेत्र नम्बर २ मा रुरु गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मीदरबार गाउँपालिका र रेसुङ्गा नगरपालिका ७ देखि १४ वडा रहेका छन । त्यसैगरी क्षेत्र नम्बर ३ मा रेसुङ्गा नगरपालिका १ देखि ६ वडासम्म, इस्मा गाउँपालिका र मुसिकोट नगरपालिका परेका छन भने क्षेत्र नम्बर ४ मा धुर्कोट गाउँपालिका, मालिका गाउँपालिका र मदाने गाउँपालिका परेका छन ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D