साउदीबाट गुल्मेली सर्जकले ल्याए “मसानघाट”

  •  
  •  
  •  
  •  
  •  

प्रेम सनार
गुल्मेली, फागुन २२ । गुल्मीका एक जना सर्जक अविरल लक्ष्मण गुल्मेलीले सउदी अरवमा वसेर मसानघाट वोलको गीत बजारमा ल्याएका छन् ।

गुल्मीको जैसिथोक वडा नम्वर–३ घर भई हाल साउदी अरवमा कार्यरत सर्जक गुल्मेलीले बजारमा ल्याएको उक्त गीतमा स्वर दिएकी छिन् चर्चित गायिका पुर्णकला बि.सी. र गायक ओम बि.सी.ले । त्यस्तै शव्द सिर्जनालाई जिवन्त लय दिएका छन् गायक ओम बिसीले ।

masanghat music video
सर्जक गुल्मेलीको शव्द सिर्जना र लगानीमा अव छिट्टै बजारमा आउन लागेको उक्त गीत सम्मान म्युजिक प्रा.लि.को व्यानरमा निर्माण भएको हो र प्रवन्ध निर्देशक रहेका छन्् सजिन लामिछाने ।
विशेष सहयोगीका रुपमा रहेका छन् नारायण सुनार र चित्रलाल डाँगी । सिर्जना थापाले सल्लाहकारको भुमिका निभाएकी छिन् । मार्केटिङ्गको जिम्मा पाएका छन गणेश भाट यसी, जगत विसी र सुरज पाण्डेले ।
वियोगान्त शव्द सिर्जना , लय र स्वरले श्रोतालाई भावनामा डुवाउन उक्त गीत सफल सफल हुने सर्जक तथा निर्माता अविरल लक्ष्मण गुल्मेलीले बताए । अहिले अडियो तयार भई सकेको र छायाङकनको काम पनि अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । सर्जक गुल्मेलीले अव छिट्टै तिन वटा अरु गीतहरु बजारमा ल्याँदै छन् । तस्वीरः सर्जक गुल्मेली र उक्त गीतको कभर डिजाईन्

Comments

comments

Comments are closed.