मुक्ति समाज गुल्मीका जिल्ला सदस्य नेपालीलाई पितृशोक

  •  
  •  
  •  
  •  
  •  

विमल नेपाली
गुल्मी, २५ माघ । नेकपा एमाले मुसिकोटका पूर्व अध्यक्ष तथा मुक्ति समाज गुल्मीका जिल्ला सदस्य भेष वहादुर नेपाली तथा संगठित सदस्य वोम वहादुर नेपालीलाई पितृ शोक परेको छ।

मुसिकोट वार्ड नं. ७ निवासी नेपालीका पिता नर वहादुर नेपालीको ७६ वर्षको उमेरमा गए राति निधन भएको हो। नेपालीको मंगलवार हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ।
bhesh nepali
वडिघाटको कालिरहमा भएको अन्तिम संस्कार कार्यक्रममा नेकपा एमाले बागलुङका उपसचिव विष्णु भुसाल, नेकपा एमाले गुल्मी क्षेत्र नं। २ का क्षेत्रिय उपसचिव प्रकाश काफ्ले, प्रेस चौतारी धौलागिरि सदस्य कमल पौडेल, नेकपा एमाले दगातुन्डाडा गाउँ कमिटि उपाध्यक्ष विष्णु केसी, वामी गाउँ कमिटि सचिव हरिहर सापकोटा, उपसचिव चुरामणि सापकोटा, लगाएतले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।
श्रद्धाञ्जली कार्यक्रम नेकपा एमाले गाउँ कमिटि मुसिकोटका सचिव महेन्द्र घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो।

Comments

comments

Comments are closed.