gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

९ महिनाको सन्तान छाडेर आमा टाप कसेपछि

प्रेम सुनार
गुल्मी, साउन–१८ । गुल्मीको दर्लामचौर गाउँमा गत चार दिन देखि नौ महिनाको दुधे वालक आमाले छाडेर अन्यत्रै टाप कसेपछि ति वालक र अन्य दुई नावालकहरु विचल्लीमा परेका छन् । ईस्मागाउँपालिका वडा नम्वर ३, दर्लामचौर सिमपानीका वावुराम घर्ति थापाकी ३० वार्षिया श्रीमति बिना घर्ति रोका साउन–१५ गते विहान देखि घरबाट हिडेर सम्पर्कविहिन बनेपछि उनको ९ महिनाका सन्तान चौविसै घण्टा हामा खोजेर रोई रहेका छन् भन्ने दुई नावालकहरु पनि विचल्लीमा परेका छन् ।

उनि घरबाट हिड्नुको दुई दिन अघि मात्र उनका श्रीमान घर्ति घर आएका थिए । त्यसको पनि तिन दिन अघि उनै श्रीमतिले घरमा परपुरुषसंग लसपस गरेको आरोपमा उनकी सासुले गाउँवासी गुहारेकी थिईन् । श्रीमतिको त्यस्तो यौन चर्तिकलाको खवर पाएर घर आएका घर्तिलाई श्रीमतिले ४ लाख रुपैयाँ तम्घासको बैंकमा राखेकी छु झिकेर आउँछु भनेर आईतवार विहानै घरबाट हिडेको तर तम्घास पुगे पछि सम्पर्क विहिन भएको उनले बताए ।

तिन वर्ष अघि बाबुआमासंग छुट्टाएर बेग्लै घर बनाएर राखेकी उनकी श्रीमतिले पाँच दिन अघि गाउँवासीको नजरमा अपरिचीत युवालाई घरमा ल्याएर राखेको र उनकी सासुले आशंका गरी चियो गर्दा अर्धनग्न अवस्थामा बुहारी र पलङ्गमुनी लुकेर वसेको अवस्थामा निज युवालाई फेला पारको उनकी सासुको आरोप छ ।

भारतमा कमाएको न पैसा भयो न श्रीमति

उनका श्रीमानको पिडा यस्तो छ –‘वाल्यपन देखि मजदुरी गर्न भारतका विभिन्न शहरमा पुगेको थिएँ । गाडी चलाउन थालेको करिव २३ वर्ष भयो । करिव १९ लाख श्रीमतिबाट अहिले सम्म हिनाविना भएको छ । चार लाख केहि समय अघि पठाएको थिएँ । त्यो पैसा खोई भन्दा बैंकमाछ झिकेर आउँछु भनेर हिडिन् । घरका भैसी बाख्रा बेचिएको छ । दुई तोला सुन, अन्य जिन्सी र महत्वपुर्ण कागज पत्र पनि लगेर हिडेकी छन् ।

तिन वर्ष अघि सम्म बुढो घरमै बस्थीन र कुनै शंका लाग्दो ब्यबहार पाएको थिईन । जव घर देखि माथी एक्लो ठाउँमा घर बनाएर राखे तव देखि श्रीमतिको खर्च र रवाफ बढ्दै गयो । दशैमा आएर गएको थिएँ । त्यो श्रीमति संग बस्यो भनिएको केटा को हो रु गाउँवासीले चिन्दैनन । तम्घासबाट गाडी चढेर हिडे भन्ने सुईको पाएको छु । उसको खुशीका लागि वावु आमाको मन दुखाएर भए पछि छुट्टाएँ , अहिले न श्रीमति न पैसो भएँ ।

पुम्पुरोमा हात लगाउँदै र सुस्केरा फेर्दै घर्तिले भने हामी जस्ता मुग्लानीको पसिनाको मोल उसले नबुझे पनि अरु महिलाले बुझी देउन भन्ने कामना गर्दछु । वालवच्चको विचल्ली र घरको विल्लीफाँट देखेर चिन्तामा डुबेका घर्तिलाई भित्र पसेर चुलो जलाउने जाँगर छैन् । अरु भन्दा पनि ति दुधेवालकको आमा खोजाईको रोदनले त्यहाँ पुग्ने धैरैले आँशु बगाउँछन् । कस्तो बैश होला त्यस्तो दुधेवालक पनि छोडेर हिड्ने भन्दै ति महिलाको सत्तोसराप गर्नेहरु पनि छन् ।

 

ति महिला संग भने टेलिफोन सम्पर्क हुन सकेन् । घर्तिले खोजतलासका लागि ईस्मा प्रहरी चौकीमा उजुरी दिएको र गाउँ प्रमुख लक्ष्मण बिष्ट संग पनि गुनासो पोखेको बताए ।
स्मरण रहोस गुल्मीमा बिदेशमा रहेका कतिपय पुरुषका श्रीमतिहरु यसरी परिवारको सल्लाह विना घर छाडेर हिड्ने र एकादुई वर्ष पछि फर्केर आई श्रीमान संग अंशको दावी गर्ने गरेका केहि घटना रहेको अधिवक्ताहरु बताउँछन् ,। उनिहरुका अनुसार यस्ता विषयमा पुरुषका लागि कानुन कम्जोर छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D