gulminews logo
बुधबार, २०८१ बैशाख १२

६ दिनेदेखीको बिद्युत अवरोधले मुसिकोट नपाको जनजीवन कष्टकर, सुचारु हुन अझै एक हप्ता लाग्ने

अनिश शर्मा गैरे
वामी गुल्मी, भाद्र १ । बिगत ५ दिनेदेखीको बिद्युत अवरोधका कारण मुसिकोट नगरपालिकाको जनजीवन कष्टकर भएको छ । बर्षाको कारणले बिद्युत नहर बगाउने त कतै माटोको रेलोले पुरीने भएपछि वामीका दुइ बिद्युतहरु अबरुद्ध हुँदा उपभोक्ताहरु अन्धकारमा बस्न बाध्य भएका हुन ।

परोपकार बहुउद्धेश्यीय सहकारी संस्था वामी द्धारा सञ्चालीत १३५ किलोवाटको बिद्युत तथा दरमखोला लघुजलबिद्युत परियोजना द्धारा सञ्चालित ८५ किलोवाटका बिद्युतहरु अबरुद्ध भएका कारण यस क्षेत्रका दुइ हजार भन्दा बढी उपभोक्ताहरु अन्धकारमा बस्न बाध्य भएका हुन । परोपकार बहुउद्धेश्यीय सहकारी संस्थाद्धारा सञ्चालित बिद्युतको नहरबाट आएको पानी नै अर्काे दरमखोला लघु जलबिद्युत परियोजना द्धारा उत्पादित बिद्युत सञ्चालनमा आउने गरेको छ । तर गत श्रावण २७ गते राती आएको बर्षाले बिभिन्न ठाँउमा पहिरो गएका कारण बिद्युत अबरुद्ध भएका छन ।

दुबै बिद्युत का कुलोहरु भत्किएका छन त कतै माटाको रेलो आएर कुलो भरीएका छन । जसले गर्दा स्थानीयहरु अन्धकारमय जीवन जिउन बाध्य भएका छन । दरमखोला लघुजलबिद्युत परियोजनाका ९०० बराबरका घरधुरी उपभोक्ताहरु रहेका छन भने परोपकारका १ हजार ८ सय भन्दा धेरै घरधुरी उपभोक्ताहरु रहेका छन । पहिरो हटाउनको लागि कामदारहरु लगाइएको अध्यक्ष धर्मेन्द्र कुमार मल्लले जानकारी दिनुभयो । ‘करिब १५÷२० कामदारहरु लगाएका छौ’ अध्यक्ष मल्लले भन्नुभयो ‘अबको दश दिनमा बिद्युत पुर्ण रुपमा सुचारु हुनेछ’ ।

बिद्युत अबरुद्ध भएपछि करिब २ हजार भन्दा बढी घरधुरीका उपभोक्ताहरु अत्याबश्यक मोबाइल, टिभी, कम्प्युटर चलाउनुबाट बञ्चित हुनुको साथै कुटानी पिसानीको लागि मिल, ग्रील उद्योगहरु, बित्तिय संस्थाहरु पनि समस्यामा परेका छन । बित्तिय संस्थाहरु पनि जेनेरेटरहरु प्रयोग गरी सञ्चालनमा ल्याइएको छ । यसैबिच मौसममा भएको खराबीका कारण सोलारले पनि राम्रो सँग काम गर्न सकेको छैन ।

रेडियो पुष्पाञ्जली जेनेरेटर मार्फत

वामीमा बिद्युत अबरुद्ध भएपछि सामुदायिक रेडियो पुष्पाञ्जली जेनेरेटरको प्रयोग गरी सञ्चालनमा ल्याइएको छ । बर्षा मौसम लागे सँग सधै जसो बिद्युत अबरुद्ध भइरहने कारणले गर्दा रेडियो पुर्ण रुपमा सञ्चालनमा ल्याउन सकिएको थिएन । रेडियो भने जनतालाइ सुसुचित गर्न माध्यम भएकाले पनि आपतकालीन रुपमा जनताको सुसचित हुने अधिकारलाइ प्रत्याभुत गराउन पनि रेडियो जेनेरेटरबाट सञ्चालनमा ल्याइएको हो ।

बिद्युत अबरुद्ध भएपछि जनताहरु सुचना र सञ्चारको पहुँचबाट टाढा भएको श्रोताहरु गुनासो बढेपछि रेडियो जेनेरेटरबाट सञ्चालनमा ल्याइएको हो । बिद्युत नियमित नहुने समय सम्म रेडियो जेनेरेटर बाटै सञ्चालनमा ल्याइने जनाइएको छ । रेडियो बिहान र साँझ केही घण्टा सञ्चालनमा ल्याइएको छ ।
वामीमा ल्याण्डलाइन फोन र एडिएसएल नेट अबरुद्ध

बिद्युत अनियमित भइ ब्याकपमा समस्या आएपछी गुल्मीको वामीमा ल्याण्डलाइन फोन र एडिएसएल नेट अबरुद्ध बनेको छ । बिगत केहीदेखि फोनमा समस्या आउदा वामी बजार, तथा खर्बाङ्ग क्षेत्रमा रहेका ल्याण्डलाइन फोन र एडिएसएल नेटमा समस्या आउदा सेवाग्रही समस्यामा परेका छन् ।
वामी पल्टारमा रहेको स्टेशनमा बिद्युत आपुर्ति बन्द हुँदा बजारको टेलिफोन र नेटमा समस्या आएको नेपाल टेलिकमले जनाएको छ ।
ल्याण्डलाइन फोनमा समस्या आएपछी यस क्षेत्रका झण्डै १ सय ३० फोन र ६१ जना एडिएसएल नेटका सेवाग्रही समस्यामा परेका छन् । नेटसेवा बन्दहँुदा सञ्चालर माध्यम, बैक तथा बितिय संस्थाहरु प्रत्यक्ष मारमा परेका छन् ।

यसैबिच बिगत केही दिनदेखी वामी तथा आसपासमा वाइम्याक्स नेट पनि अबरुद्ध भएको तीन दिनपछि बुधबारबाट सुचारु भएको छ ।

बिद्युत आपुर्ति नहुँदा वामीमा लिफ्टििङ्ग पानी अबरुद्ध

गत श्रावण २७ गते राती बर्षा सँगैको पहिरोले बिद्युतको कुलो बगाउने र माटोले पुर्ने समस्या भएका कारण वामीमा पानीको आपुर्ति बन्द भएको छ । परोपरकार लिफ्टिङ्ग खानेपानी परियोजना द्धारा सञ्चालित लिफ्टिङ्ग खानेपानीको आपुर्ति बन्द भएको हो । जसले गर्दा यस क्षेत्रका लाभान्वितहरु प्रत्यक्ष मारमा परेका छन । उनीहरुलाइ दैनिक कामकाजमा निकै समस्या भएको छ । उनीहरुलाइ नुवाइ धुवाइ लगायतका प्रयोजनको लागि पानी आपुर्ति बन्द भएका कारण समस्या भएको छ । बिद्युत आपुर्ति पुर्ण रुपमा सुचारु नभएसम्म सो पानी सुचारु हुन नसक्ने बताइएको छ । बर्षाको मौसम हुँदा पनि खानेपानीको अभाव वामीमा देखिन्छ । कहिलेकाँही त नियमित रुपमा पानी नआउने समस्या हुने कारण स्थानीयहरुले गाग्रीहरु बोकेर तलसम्म पुगेर पानी लिनुपर्ने बाध्यता हुन्छ । अझ अध्ययन गर्न बसेका तथा जागीरको शिलशिलामा वामीमा रहेका डेरावालाहरु पनि उत्तिकै मारमा परेका छन । कहिले काँही त पानीको समस्याले खाना पकाउने ढिला हुने गरेका कारण भोकै काममा जानुपर्ने बाध्यता रहेको समेत कतिपयले बताउने गरेका छन ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D