gulminews logo
बिहीबार, २०८० चैत्र १५

५५ वर्ष पछी गुल्मीका शहिद शम्सेरबहादुरको सम्मान, ५० हजार रुपैँयाको स्मृती पुरस्कार स्थापना

प्रेम सुनार
गुल्मी, असौज ८ । प्रजातन्त्रका लागि राज्यलाई टाउंको सुम्पेका गुल्मी धुर्कोटका शहित सम्शेरबहादुर खत्रीको सरकारी निकायबाट झण्डै ५५ वर्ष पछि सम्मान भएको छ ।

२०१९ सालमा नेपाली कांग्रेसबाट प्रजातान्त्रिक आन्दोलनमा उत्रिएका धुुर्कोटरजस्थल निवासी शम्शेरबहादुर खत्रीलाई तत्कालिन निरङकुस सरकारले अमरपुरमा अर्धभुमिगत भएका खत्रीलाई पक्राउ गरी उनको टाउको काटेर प्रहरीले झुण्डाउँदै सदरमुकाम तम्घासमा ल्याएर प्रर्दशन गरेको थियो ।

सरकारी निकायबाट सम्मान नभएको भन्दै धुर्कोट गाउंपालिकाले ५० हजार धनाराशीको शहित शम्सेरबहादुर स्मृति पुरस्कारको स्थापना गरेर सम्मान गरेको हो । उक्त पुरस्कार हरेक वर्षको गणतन्त्र दिवसको दिन समाजका विभन्न क्षेत्रका व्यक्तिहरुलाई वितरण गरिने भएको धुर्कोट गाउंपालिका प्रमुख पोखरेलले जानकारी दिए ।

त्यस्तै २५ हजार राशीको शहिद खिमविक्रम शैक्षिक वर्ष पुरस्कार, १५ हजार राशीको जेदुराम भण्डारी कृषि वर्ष पुरस्कार र शहिद विष्णु बस्नेत पशुपालन वर्ष पुरस्कार पनि स्थापना गरिएको छ ।

स्मरण रहोस् ५५ वर्ष अघि प्रजान्त्रिक आन्दोलनमान राज्यलाई टाउंको बुझाएका शहिद शम्शेरबहादुरका नाती शिवबहादुर खत्रीलाई धुर्कोटवासीले स्थानिय तहको निर्वाचनमा धुर्कोटको उपप्रमुखमा विजयी बनाएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D