gulminews logo
मंगलवार, २०८१ बैशाख ११

४ दिने अाैपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवा अाेमानमा

जयराम ज्ञवालि
अाेमान, १० असौज । प्रधानमन्त्री शेरबहादुर देउवा सहितको सरकारी टाेलि चार दिने भ्रमण का लागि अाेमान अाइ पुगेकाे छ । प्रम देउवा राजधानी मस्कट स्थित अन्तर्राष्ट्रिय बिमानस्थल मा अवतरण हुनु भएको खबर छ । प्रधानमन्त्री सहितकाे टाेलि लाई अाेमानका उपप्रधानमन्त्री सैयद फहद बिन महमूदले स्वागत गरेका थिए ।

ओमानमा नेपालको तर्फबाट प्रधानमन्त्री स्तरमा पहिलो औपचारिक भ्रमण आज बेलुकी बाट सुरु भएको छ । ओमान सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको चार दिने भ्रमणलाई उच्च प्राथमिकता दिने भएको छ । भ्रमण टाेलिमा प्रधानमन्त्री शेरबहादुर देउवा संगै परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, श्रम मन्त्री फरमुल्लाह मन्सुर , महिला बालबालिका तथा समाज कल्याण मन्त्री अाशा काेइराला सहित अन्य विशिष्ट व्यत्तीहरू सामिल छन् ।
sher bahadur deuba
भ्रमणमा नेपाल र ओमानका उच्च अधिकारीहरुवीच दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउनको लागि औपचारिक वैठकसमेत हुने द टाइमस अफ अाेमानले जनाएको हाे । वैदेशिक रोजगारीमा अाएका नेपाली कामदारहरू को हित र सुरक्षाको विषयमा नेपाली दूतावासहरू का कामलाई प्रभावकारी बनाउनका लागि नेपाल सरकारले ओमानमा भाेलि खाडी राजदूतहरूको सम्मेलन गर्ने तयारी गरेको स्राेतले जनाएको हाे । प्रधानमन्त्री सहित काे टाेलि बिहीबार नेपाल फर्किने बुझिएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D