gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

४७ करोड लागतमा बुटवलको मुख्य सडकलाई ६ लेनको बनार्इँदै

चन्द्रकान्त खनाल
रुपन्देही ।वुटवल देखी वेलहिया सम्म ६ लेनको सडक विस्तारको काम अघि बढेको छ।वुटवलको चाराहदेखी वेलहियासम्मको सडक बिस्तार कार्य भइरहेको छ भने वुटवलमा समेत काम अघि बढेको छ।

वुटवलको मूख्य सडक चार लेनको रहेकोमा अब चौराहाबाट चिडियाखोलासम्मको सडक छ लेनको हुनेछ। यो क्षेत्रमा पर्ने घरटहरा हटाउन व्यापारिक मार्ग आयोजनाले आग्रह गरेको छ।आयोजनाले विस्तार गर्न लागेको यो सडक क्षेत्रमा पर्ने घर टहरा हटाउन गरेको आग्रहलार्इ स्थानीयले अटेर गर्दै आएका छन्।आयोजनाले भदौं ५ गतेसम्म समय दिएको छ।
butwal city
आयोजनाका इन्जिनियर लीलावहादुर भण्डारीका अनुसार यस क्षेत्रमा ३ सय ११ वटा त्यस्ता घर टहरा छन् ।तोकिएको समयमा नहटाएर घरटहरा भत्काइने उनले बताए। सडकको केन्द्रदेखि २५ मिटर दायाँ तथा २५ मिटर बायाँ भित्र पर्ने घर टहरा कम्पाउण्डलगायतका स्थायी, अस्थायी संरचना हटाउन अनुरोध गरिएको आयोजनाले जनाएको छ ।

आयोजनाले २०३४ साल असार २० भन्दा अगाडी निर्माण भएका घर रहेमा घरधनीहरुलाई सप्रमाण आवश्यक कागजातहरु संलग्न राखी आयोजनामा निवेदन दिन पनि आग्रह गरेको छ । बुटवलमा करिव साढे तीन किलोमिटर सडकलाई ६ लेन बनाउन लागिएको छ ।४७ करोड लागतमा बुटवलको मूख्य सडकलाई ६ लेनको बनार्इँदैछ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D