gulminews logo
मंगलवार, २०८१ बैशाख ११

३ आँखा र २ मुख भएको अनौठो गाई गुल्मीमा, हेर्नेहरुको भिड

प्रेम सुनार
गुल्मी ३० कात्तिक ।गुल्मीमा ल्याइएको अनौठो प्रकारको गाईलाई प्रत्यक्ष अवलोकन गरी दर्शन गर्न मानिसहरुको भिड लागेको छ । मकवानपुर हेटौडा उपमहानगर पालिका १८ मा रहेको त्रिनेत्र गौरी माता मन्दिरको टोलीले ल्याएको ३ आँखा र सिङ्ग , २ मुख भएको गाईलाई देखाउदै गुल्मीका स्थानीय वामीटसार बजार र कुर्घा लगायतका स्थानहरुमा मेला अनौठो प्रकारको गाई हेर्न मानिसहरुको भिड लागेको थियो ।

मन्दिरको सहयोगार्थ लागि अनौठो प्रकारको गाई लिएर गुल्मीका विभिन्न स्थानहरुमा गाईलाई गाडीमा हालेर गुल्मीको मुसिकोट नगरपालिकाका विभिन्न स्थानीय बजार तथा चोक–चोकमा आम सर्वसाधरणहरुलाई देखाउने र हेर्ने आमसर्वसाधारणले हेरेर आफू सक्दो भेटी चढाउने मन्दिर समितिका सदस्य सिताराम दाहालले जानकारी दिनुभयो ।

२०६८ फाल्गुन १६ गते स्थानीय व्यक्तिको घरमा जन्मेको गाईलाई मन्दिर समितिले संरक्षण गरेर जोगाउदै आम सर्वसाधरण सबैलाई देखाउदै ठाउँ ठाउँमा देखाउदै गाई हेरेर गाईलाई चढाएको भेटी संकलन गरेर मन्दिरको वृद्धि र विकासको संकलित खर्च गर्ने उद्देश्यका गाईलाई लिएर हिडिरहेको मन्दिर समितिका सदस्य दाहालले जानकारी दिनुभयो ।

गाईले नबेहुदै दुध दिने गाई जन्मेको ९ महिनादेखि गाईको कचौडो बढेको र दैनिक रुपमा आधा माना दुध दिने गरेको समेत मन्दिरका सदस्य दाहालले जानकारी दिनुभयो ।
साथै विभिन्न ठाँउमा गाईलाई लिएर हिड्दा गाई अनौठौ र धार्मिक हिसावले धेरैले राम्रो मानेको र गाई हेर्न मानिसहरु उत्साहित हुने गरेको मन्दिर समितिका सदस्य सिताराम दाहालले बताउनुभयो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D