gulminews logo
शुक्रबार, २०८० चैत्र १६

२५ रुपैयाँबाट सुरु सहकारीको कारोवार अहिले ५० करोड

प्रेम सुनार
गुल्मी, असोज–२८ । आज भन्दा २५ वर्ष अघि २५ जनाले जनही एक रुपैयाँबाट सुरु गरेको गुल्मीको एक सहकारी संस्था अहिले वार्षिक झण्डै ५० करोड सम्मको कारोवार गर्न सक्ने भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्वर १ स्थित लेकाली स्वावलम्वन वचत तथा ऋण सहकारी संस्था जनही एक रुपैयाँबाट संकलन भई अहिले यस्तो करोडौंको अवस्थामा आई पुगेको हो ।

सो संस्थाको शनिवार सदरमुकाम तम्घासमा २५ औं वार्षिकोत्सव तथा ८ औं अधिवेशन गरिरहँदा सो संस्थाले यस आर्थिक वर्षमा ४७ करोड ७६ लाख २४ हजार ५ सय ८९ रुपैयाँको कारोवार गरेको छ । सो संस्थाका कोषाध्यक्ष गण्ेश श्रेष्ठले पेश गरेको कोषाध्यक्षको प्रतिवेदनमा गत आर्थिक वर्षमा उक्त कारोवार भएको उल्लेख गरिएको हो । उनको प्रतेवदन अनुसार गत एक वर्षमा मात्र १९ सय ९२ जना सदस्यहरुकोट वचत ३ करोड ४५ लाख ७९ हजार ५ सय रुपैयाँ बचत भएको छ । त्यस्तै विभिन्न प्रकारका वचत शिर्षकमा २४ करोड ६८ लाख ३ हजार ३ सय २३ रुपैयाँ रहेको छ ।
जगेडा कोषमा ७० लाख ७१ हजार ३ सय १७ सहित १ करोड ७८ लाख ८० हजार ६ सय ७२ रुपैया रहेको छ । २०७३÷०७४ मा व्याज आम्दानी र सञ्चालन आम्दानीबाट ३ करोड ४७ लाख १० हजार १ सय २७ रुपैयाँ रहेको उल्लेख छ । त्यस्तै सञ्चालन र व्याज खर्चमा ३ कारोड ७ लाख ५६ हजार ४ सय ८६ रुपैया भएको छ । संस्थाले ४४ करोड ४१ लाख ७८ हजार ७ सय रुपैयाँ ऋण लगानी गरेको छ भने त्यस मध्ये ३७ करोड २० लाख १ हजार ३ सय २५ रुपैयाँ असुली गरेको छ । गत आर्थिक वर्षमा ३० करोड ८ लाख ३१ हजार ७ सय ५३ सम्पत्ती तथा दायित्व रकम उल्लेख छ ।

संस्थाका सचिव भुवन अर्यालका अनुसार संस्थामा सदस्यहरु वृहत बनाउने उद्देश्यका साथ गत वर्ष सम्म ४ हजार ५ सय सदस्यता लिदा तिर्नु पर्नेमा अव जम्मा एक हजार रुपैयाँ तिरेर सदस्यता लिन पाईने नियम बनाईएको छ । उनका अनुसार संस्थामा शेयर सदस्य १९९२ जना वालवचतकर्ता ८ सय ७८ जना सहित कुल २८ सय ७९ जना सहभागी छन् । संस्थाले सहुलियत व्याजदरमा निम्न आय भएका सदस्यहरुलाई विभिन्न व्यवसाय गर्न ऋण लगानी गर्दैछ ।
यसबाट कैयौं विपन्न र वेरोजगारहरुको जिवन स्तरमा सुधार आएको छ । वृद्ध वृद्धा , वालवालिका , मृत्यु वा दुर्घटनामा परेका सदस्यहरुलाई कल्याणकारी कोषको व्यस्था गरेको छ । संस्थाका अध्यक्ष गोपालप्रसाद पन्थीले उक्त सहकारी अघिल्लो वर्ष समेत देशकै उत्कृष्ट सहकारी संस्थाका रुपमा सम्मानित भएको छ । देशकै उत्कृष्ट सहकारी संस्थाका रुपमा राष्ट्रिय पुरस्कारबाट समेत सम्मानित उक्त सहकारी संस्था वैंकिङ सुविधा सम्पन्न कार्यालय व्यवस्थापन गरेर तम्घासको क्यामपस रोडमा रहेको छ । अध्यक्ष पन्थीले जिल्लाभरकै सहकारी संस्थालाई भविश्यमा यसैमा आवद्ध गर्ने उद्देश्य लिईएको बताए ।

२५ वर्ष अघि एक–एक रुपैयाँ उठाएर २५ जनाको समुह बनाउने संस्थापक सचिव मुकुन्दहरी गौतमले उति वेला सहकारी भन्ने कुरा थाह नभएको बताए । ६८ वर्षिय संस्थापक अध्यक्ष रमेश थापाले उति वेला तम्घास वजारका साहुहरुले गरिव किशानहरुलाई सय कटा ५ देखि १० सम्मको व्याज त्यस माथी ठेकी काट्ने चलन त्यसवाट घरबास नै उठ्ने देखे पछि समुह खोलेर रकम वचत गर्न थालिएको बताए ।
कैयौ ऋण लिएका मान्छे उठीवास लागेका थिए , कैयौंलाई खुल्ला बजारमा लछार पछार समेत गर्दथे व्याजमा लगाउने साहुहरुको ज्यादती सहन नसकेरै समुह बनाएर रकम संकलन गरियो र त्यसबाट संकलन भएको रकमले भै परी आउने सदस्यहरुलाई ऋण प्रवाह गर्न थालिएको हो , उनले भने दुई वर्ष सम्म मासिक एक रुपैयाँका दरले संकलन गरिए पनि पछि क्रमशः बृद्धि गर्दै लगिएको हो ।
हामीलाई सहकारी भन्ने त्यति वेला थाह थिएन उनले स्मरण गर्र्दै भने तर एक जना क्यानाडातिरका विदेश आएर यसो गरे समुदायलाई निकै फाईदा हुने सुझाव दिएका थिए । जिल्लाका सहकारी संस्थाहरुको छाता संगठन जिल्ला सहकारी संघका अध्यक्ष यमबहादुर थापाले उक्त सहकारी संस्था जिल्लाको उत्कृष्ट र सवै भन्दा बढि कारोवार गर्ने संस्थाका रुपमा रहेको बताए ।
उनको प्रमुख आतित्यतामा सम्पन्न उद्घाटन सत्रमा अन्य विभिन्न सहकारी संस्थाका प्रमुख , प्रतिनिधीहरुको विशोष आतिथ्यता रहेको थियो । कार्यक्रममा उत्कृष्ट व्यवसायी , लगानीकर्ता, बृद्ध बृद्धा , परिक्षमा उत्कृष्ट हुने शेयर सदस्यका सन्तती र स्थानिय तहको निर्वाचनमा निर्वाचन हुने शेयर सदस्यहरुलाई सम्मान समेत गरिएको थियोा । उद्घाटन सत्र सकिए लगत्तै बन्द सत्र चलिरहेको छ । बन्द सत्रले नयाँ कार्य समिति चयन गर्ने जनाईएको छ । संस्थाका अध्यक्ष गोपालप्रसाद पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गोपालप्रसाद पाण्डेको स्वागत मन्तव्य र सचिव भुवनप्रसाद अर्यालयको सञ्चालन रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D