gulminews logo
मंगलवार, २०८१ बैशाख ११

हराउँदे देउसी भैलो, बढ्दै जुवातास

प्रेम सुनार
गुल्मी, कार्तिक ५ । लक्ष्मीपुजाको साँझ देखि चार पाँच दिन सम्म चोक चोकमा देखिने देउँसी भैलो गुल्मीको सदरमुकाम तम्घासमा भाई टिकाको दिनमा समेत सुनसान थियो । स–साना भाई वहिनीहरुले निकालेको देउसी भैलो वाहेक पाका मानिसहरुको मौलिक देउसी भैलो देख्न पाईएन् ।

तम्घास बुढिचौर, छापटोला र खानीगाउँका पाका पुरुषहरुले निकालेको देउँसी भैलोमा समेत मौलिकतामा मिश्रित थियो । भैलो घट्याई र सोरेठीको विच विचमा आधुनिक झ्याउरे गतिमा भाई वहिनीहरुलाई नचाईको थियो ।

किशोर अवस्थाका भाई वहिनीहरुले निकालेको देउँसीमा एलवममा निकालिएका सोरेठी गीतको सहरा लिईएको थियो । विगतका तिहारमा जस्तो यसपाली सदरमुकाम तम्घासमा मानिसहरुको चहल पहल कम देखियो । वजार सुनसान थियो । देउँसी भैलोको संख्या कम भए पछि देउँसी भैलो प्रेमीहरु एक देखि अर्को टोलबाट आएर हेरिरहेका थिए । शहर वजारमा देँउँसी भैलोको सट्टा पुरुष र उनिहरको दाँजोमा जुवातास खेलेर तिहार मनाउने महिलाको संख्या पनि बढेको पाईयो । एउटै घरमा ५० लाख सम्मको जुवाको खाल भेटियो ।

कोही खेलाडी कोही जुवाका रमिते हुँदा बजारमा मानिसहरुको चहल पहल सुन्य प्राय देखिन्थ्यो । तर विभिन्न गाउँमा भने देउँसी भैलो चलेको बताईको छ । गाउँमा पनि विगतको तुलनामा देउँसी भैले कम र जुवा तास बढि चलेको हाम्रा समाचारदाताहरुले बताएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D