gulminews logo
बिहीबार, २०८० चैत्र १५

स्वर्गिय धर्मपत्नीको स्‍मृतीमा पाँच करोड बराबरको जग्गा र सोमा बनेको तीनतले पक्की घर दान

काठमाडौं, २८ भाद्र । जेष्ठ नागरिकहरूको हितसँग सम्बन्धित काममा समर्पित हुने प्रमुख उद्देश्यका साथ गत जेष्ठ ५ गते जि.प्र.का.काठमाडौंमा दर्ता भै श्रावण १८ गते विधिवत उद्घाटन गरिएको कीर्तिपुर नगरपालिका वडा नं. १ ट्याङ्लाफाँट स्थित रुद्रान्जु प्रतिष्ठानको प्रथम साधारण सभा कीर्तिपुर नगरपालिकाका मेयर श्री रमेश महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न भयो।

अर्थशास्त्र विषयका प्राध्यापक डा. रुद्र प्रसाद गौतमले आफ्नी धर्मपत्नी स्व. अन्जु शर्मा गौतमको पुण्यस्मृतिमा करिव पाँच करोड बराबरको एक रोपनी जग्गा र सोमा बनेको तीनतले पक्की घर रुद्रान्जु प्रतिष्ठानको नाममा नि:शुल्क प्रदान गर्नु भएपछि यो संस्थाको जन्म भएको थियो।

संस्थापक अध्यक्ष श्री श्रीकृष्ण दाहालको सभापतित्वमा सम्पन उक्त साधारण सभामा गरिब तथा जेहेन्दार छात्रछात्राको लागि ब्याजको आमदानीबाट छात्रबृत्ति प्रदान गर्ने उद्देश्यले संखुवासभा, चैनपुर भन्ज्याङ्खर्क निवासी स्व. पशुपति गौतमको परिवारका तर्फबाट आफ्न स्वर्गिय मातापिताको नाममा रु. तीन लाखको अक्षयकोषको स्थापना गर्नु भएकोछ भने सोही उद्देश्यका लागि काठमाडौं, मैतिदेवी निवासी स्व. नरराज शर्माको परिवारका तर्फबाट रु. दुई लाखको अक्षयकोष स्थापना गर्नु भएकोछ। यसैगरी आफ्ना मातापिताका नाममा संस्थाका सदस्य श्री लिलाधर पाण्डेले रु. १० हजार र रमा देवी दाहालबाट रु. ५००० को छुट्टाछुट्टै अक्षय कोषको स्थापना गर्नु भएकोछ।

दिप प्रज्वलनका साथ साधारण सभाको समुद्घाटन गर्दै मेयर श्री महर्जनले संस्थाले छोटो समयमै गरेका उन्नति र सामाजिक कामको दिल खोलेर प्रशंसा गर्नुभयो भने संस्थाको उन्नति तथा प्रगतिका लागि आफ्नो ब्यक्तिगत तथा नगरपालिकाका तर्फबाट सक्दो सहयोग गर्ने वचनवद्धता ब्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा नगरपालिकाका उपमेयर सरस्वती खड्का, वडा नं १ का अध्यक्ष हर्ष महर्जन र १० नं वडा अध्यक्ष अमन महर्जनले शुभकामनाका साथ सक्दो सहयोग गर्ने वचनवद्दता ब्यक्त गर्नुभयो भने २ नं. वडा अध्यक्ष रमेश डंगोलले शुभकामनाका साथ प्रतिष्ठानबाट नियमित हुने भजन किर्तनका लागि रु. २५ हजार बराबरको हार्मोनियम र तवला उपलब्ध गराउनु भयो। संस्थाका आजीवन संरक्षक एवं दाता प्रा. डा. रुद्र प्रसाद गौतमले संस्थाको दैनिक क्रियाकलाप र हालसम्मको प्रगति प्रति सन्तुष्ट रहेको बताउँदै आगामी दिनमा पनि सक्दो सहयोग गर्दैजाने विचार ब्यक्त गर्नुभयो।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D