gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

स्थानिय तहले खुद्रे योजनालाई महत्व नदिन बिद्यार्थी संगठनको माग

अनिल खत्री
गुल्मी, भदौ ३ । स्थानीय तहले खुद्रे योजना ल्याएको भन्दै गुल्मीमा नेपाल बिद्यार्थी संघ गुल्मीले जनप्रतिनिधीको ध्यानकर्षण गराएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिकाले ठुला आयोजना भन्दा पनि साना र खुद्रे योजनालाई महत्व दिएको भन्दै बिद्यार्थीहरुले नगरसभा चलिरहेकै अबस्थामा ध्यानकर्षण गराएका हुन् । स्थानीय सरकार नगरपालिकाको उन्नति, प्रगति र दिगो विकासको लागी कार्यक्रम निर्धारण गरिनु पर्नेमा जोड दिएका छन् ।

नगरपालिकाभित्र शिक्षा,स्वास्थ र पर्यटन लाई प्रमुख प्राथमिकता निर्धारण गरि सोही अनुसारको निति तथा कार्यक्रम र बजेट विनियोजन गर्नु पर्ने भन्दै उनिहरुले नगरप्रमुखको ध्यानकर्षण गराएका थिए । बिद्यार्थी संगठनले रेसुङ्गा बहुमुखी क्याम्पस, तम्घास अस्पताल र जिल्लाको पर्यटन सगै धार्मिक क्षेत्र रेसुङ्गा धामलाई महत्वका साथ हेरेर बजेट व्यवस्था गरिनु पर्नेमा जोड दिएका छन् ।
nepal student union
सानातिना खुद्रे योजना र कनिका छरेको बजेट ले विगतका दिनमा दिगो विकास साथै हाम्रो आयआर्जन र उत्पादन सङ्ग जोड्न नसकेको भन्दै निर्वाचित जनप्रतिनिधीको ध्यानकर्षण गराएको नेपाल बिद्यार्थी संघका केन्द्रिउ सदस्य सुर्दशन खनालले बताए । संविधानले सुरक्षीत गरेको निशुल्क क्षिशा र स्वास्थ प्राप्त हुने सेवाबाट पनि वन्चित भएको उनिहरुको माग रहेको थियो ।

नागरिकलाइ सर्वसुलभ शिक्षा स्वास्थ प्रदान गर्दै विकास र उत्पादनको क्षेत्रमा बजेट निर्धारण गर्दै साना र अनुत्पादक क्षेत्रको विनियोजनलाइ निरुत्साहित गर्नु पर्ने बिद्यार्थी संगठनको माग राखेका छन् । रेसुङ्गा बहुमुखी क्याम्पस जनताको भएको र प्रतिनिधिहरु पनि जनताकै भएकोले क्याम्पसको भौतिक पुर्वाधार, प्राध्यापक र विद्यार्थीहरुको पक्षमा नितिगत निर्णय लिन र सोहि अनुरुप बजेट विनियोजन गर्न माग राखेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D