gulminews logo
बिहीबार, २०८१ बैशाख १३

सुन्दै अचम्म लाग्ने टेलिभिजन कलाकारको दैनिक तलब

एजेन्सी । भारतीय टेलिभिजनमा काम गर्ने केही कलाकारको दैनिकले तलव सुन्दा तपाईलाई अचम्म लाग्छ होला ।

उनीहरुको दैनिक तलब कोही चलचित्र कलाकार भन्दा कम छैन तर बढी नै छ। आज हामी तपाईलाई चर्चित टेलि सिरियलमा काम गर्ने कलाकारको दैनिकल तलवका बारेमा जानकारी दिदैछौँ।

टेलि सिरियलमा महादेवको भूमिकामा देखिएका कलाकार मोहित रैनाको एक एपिसोडको तलब १ लाख छ। अब उनले तलब अझ बढाउन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
bollywood artists
त्यस्तै जीटीभीबाट प्रसारण हुँदै आएको सिरियल कुमकुमभाग्यमा अभिको भूमिका निभाउँदै आएका कलाकार शब्बीर अहलूवालियाको एक दिनको कमाई ९५ हजार छ भने स्टार प्लसका स्टार करण पटेलको एक एपिसोडको कमाई ९० हजार छ।

त्यस्तै कलाकार नकुल मेहताले एक एपिसोडको ८५ हजार तलब लिन्छन् भने सौम्याका लविङ पति बनेर सबैको मन जितेका कलाकार विवान देसनाले एक एपिसोडको ८५ हजार तलव लिने गर्दछन्।

त्यस्तै कलाकार वरुण सोबतीले एक एपिसोडको ८० हजार भारु तलव लिने गर्दछन्। महाभारत सिरियलमा अर्जुनको भूमिका निभाएका कलाकार शाहिर शेखले एक एपिसोडको ८० हजार तलब लिदै आएका छन्।

त्यस्तै नागिनमा शिवांगीको पतिको भूमिका निर्वाह गरेका रकी अर्थात करणवीर बोहराले एक एपिसोडको ७५ हजार तलब लिन्छन्। त्यस्तै कसम तेरी प्यारकीमा ऋषीको भूमिका निर्वाह गर्दै आएका शरद मल्होत्राले एक एपिसोडको ६५ हजार लिने गर्दछन् भने अर्का कलाकार कुशल टण्डनले पनि एक एपिसोडको ६५ हजार तलब लिदै आएका छन्। -एजेन्सी

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D