gulminews logo
शनिबार, २०८१ बैशाख ८

रेसुङ्गा टेलिभिजनको वार्षिकोत्सवको अन्तिम तयारी पुरा

गुल्मी, भाद्र–३० । गुल्मीको एक मात्र रेसुङ्गा टेलिभिजनको दोश्रो वार्षिकत्सवको अन्तिम तयारी पुरा भएको छ । भोली भदौ ३१ गते तम्घासको चिदीचौरमा विविध सांस्कृतिक कार्यक्रम सहित भव्य रुपमा सम्पन्न हुन गईरहेको वार्षिकोत्सवको नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

आज साँझ नै अध्यक्ष आचार्य सहितका विशेष अतिथीहरु तम्घास आई पुग्ने र टेलिभिजन परिवारले गुल्मीको ऐतिहाँसिक एवं धार्मिक स्थान रेसुङ्गाको महादेव पोखरीमा स्वागत कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम भोली दिउँसो दिनको साढे १२ वजे देखि सांङ्गेतिक मनोरञ्जनका साथ सुरु हुने भएको छ । कार्यक्रममा लोक गायक राजन कार्की , हास्य कलाकार गोकुल कंडेल , मोडल एवं नायिका तुल्सी सापकोटा , गायिका शिलु भट्टराई , तुल्सीङ्ग रनपछाई , महेन्द्र भण्डारी, गणेश अधिकारी , अर्जुन कुँवर र यमुना अर्याल र अन्य स्थानिय कलाकारहरुको वेजोड प्रस्तुती रहने भएको छ ।

वार्षिकोत्सव कार्यक्रमको रेसुङ्गा टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने छ । कार्यक्रमको होलायन्ड टेक्टर सप्लार्यस मुख्य प्रायोजक रहेको छ । त्यस्तै अन्य प्रायोजकहरुमा लाली चाउँचाउ , गुल्मी उद्योग वाणिज्य संघ , कोरियन रेष्टुरेण्ट सुख्खा नगर बुटवल, श्रेष्ठ टेलरिङ्ग वुटवल लगायत रहेको रेसुङ्गा टेलिभिजनका समाचार प्रमुख प्रेम सुनारले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D