gulminews logo
शुक्रबार, २०८० चैत्र १६

सामाजिक कार्यमा जनप्रतिनिधी र शसस्त्र प्रहरी, बिद्यार्थीलाई बाटो

अनिल खत्री
गुल्मी असोज ३० । बिद्यार्थी हिड्ने घोरेटो बाटो पहिरोले बगाएपछी गुल्मीका जनप्रतिनिधी र शसस्त्र प्रहरीवल पहलमा खनेर स्तरोन्नति गर्ने काम सम्पन्न भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १३ स्थित दुबिचौरमा सुख्खा पहिरोले बिद्यार्थी हिड्ने घोरेटो बाटो बगाएपछी जोखिमपूर्ण यात्रा गर्दै आएका थिए ।

सोमबार बिहान जिल्ला स्थित रेसुङ्गा नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष खुमबहादुर खत्रीको नेतृत्वमा स्थानिय युवाहरु र शसस्त्र प्रहरी वल गुल्मका गुल्म पती प्रहरी नायव उपरिक्ष प्रेमप्रकाश सिग्देल सहित प्रहरीहरु उपस्थित भई उक्त घोरेटो निर्माण गरेका छन् । बिद्यार्थीलाई पैदल यात्रा गर्दा जोखिम पूर्ण र घुमाउरोबाटो भएर आवत जावत गर्नु पर्ने अबस्था आएपछी घोरेटो बाटो निर्माणमा जुटेको वडा अध्यक्ष खत्रीले जानकारी दिए ।

जनप्रतिनिधी र शसस्त्र प्रहरी वलले ५ सय मिटर लामो घोरेटो बाटो निर्माण गरिदिएका छन् । वडा अध्यक्ष र गुल्मपती प्रहरी नायव उपरिक्ष स्वयमले बाटो निर्माण कार्यमा काम गरेका थिए । सोहि स्थानमा वर्षौ देखि जोखिमपूर्ण अबस्थामा रहेको बिजुलीको हाइटेन्सन लाइनलाई मर्मत गरेका छन् ।
स्थानिय आवत जावत गर्न समेत कठिनाई रहेको उक्त बिद्युतको लाइन व्यावस्थित गरिएको वडा अध्यक्ष खत्रीले जानकारी दिए । बिद्युतको तार समेत नजिकैबाट पुग्न सकिने अबस्थामा रहेकोले मर्मत गरि व्यावस्थित गरिएको अध्यक्ष खत्रीको भनाइ छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D