gulminews logo
बिहीबार, २०८१ बैशाख ६

साझा र विवेकशीलको एकता, समृद्धिको नेतृत्व गर्ने नेताहरुको उद्घोष (भिडियो)

काठमाडौं । रविन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्वल थापा नेतृत्वको विवेकशील नेपाली पार्टी औपचारिक रुपमा एक भएका छन् । बुधबार काठमाडौंमा आयोजित एकता घोषणा सभामा पार्टीको एकीकरणपछिको नाम ‘विवेकशील साझा पार्टी’ र चुनाव चिन्ह तराजु राखिएको जानकारी दिइयो ।

तत्कालका लागि नयाँ पार्टीमा एकीकरणअघिका दुई पार्टीका संयोजकहरु रवीन्द्र मिश्र र उज्ववल थापाको संयुक्त नेतृत्व हुनेछ । संयोजक तोकिएको छैन र दुवै नेतालाई सहसंयोजक पद दिइएको छ । प्राविधिक समस्या पर्ने भएकोले बैठकहरुको अध्यक्षता मिश्रले गर्ने सहमति भएको छ । घोषणा सभामा नेताहरुले आफूहरुले समृद्धिको नेतृत्व गर्ने दावी गरे ।

सहसंयोजक मिश्रले अहिलेका नेताहरु अधिकारको लडाई लडेको र उनीहरुको योगदानको कदर गर्ने तर उनीहरुले समृद्धिको नेतृत्व गर्न नसक्ने बताए । ‘उहाँहरुले अधिकारको लागि लडाइँ लड्नुभयो जसलाई हामी सम्मान गर्छौं’ मिश्रले भने ‘तर उहाँहरुले समृद्धिको नेतृत्व गर्न सक्नुहुन्न, त्यसको लागि हामी अगाडि सरेका हौं ।’ स्थानीय चुनावमा काठमाडौं महानगरले मुहार फेर्ने मौका गुमाएको भन्दै उनले भने, ‘हाम्रो आग्रह छ, अब देशले मुहार फर्ने मौका नगुमाओस् । विकल्प तयार भएको छ ।’

पार्टीको केन्द्रीय समिति ५१ सदस्यीय हुनेछ । छिट्टै महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने नेताहरुले बताएका छन् । दुई पार्टीबीच स्थानीय तहको चुनाव अघि नै पार्टी एकता वा चुनावी तालमेल दुबै विकल्पमा छलफल भएको थियो । तर, दुबै पार्टीले मेयर आफ्नो उम्मेदवार हुनुपर्ने अडान राखेपछि काठमाडौं महानगरपालिकामा समेत तालमेल हुन सकेन । काठमाडौंमा सम्मानजनक मत पाएपनि अन्यत्र दुबै दलका उम्मेदवारले मत ल्याएनन् ।

-डिसिनेपाल

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D