gulminews logo
शनिबार, २०८१ बैशाख ८

सलमानलाई ऐश्वर्याको दाईको रोल दिएपछि…

मुम्बइ। बलिउडमा सलमान खान र ऐश्वर्या रायको प्रेमकहानी अहिलेसम्म पनि चर्चाको विषय बन्ने गर्छ । फिल्म हम दिल दे चुके सनमको सेटबाट सुरु भएको उनीहरुको प्रेम दुई वर्षसम्म चलेको थियो । यो फिल्म सुरु हुनुभन्दा पहिलेदेखि नै सलमानले ऐश्वर्यालाई चाहने कुरा अर्को घटनाले देखाएको छ ।

कुरा १९९७ को हो । निर्देशक मंसुर खानले एक फिल्मको लागि सलमान खानलाई अफर दिएका थिए । फिल्म जोशको लागि निर्देशक खानले सलमानलाई ऐश्वर्याको दाजुको रोल गर्नको लागि अफर गरेका हुन् । तर सलमानले ऐश्वर्याको दाजु बन्नु परेकै कारण यो फिल्मको अफर अस्वीकार गरेका थिए । पछि यो रोल शाहरुख खानले गरे ।
salman khan and aishwarya
फिल्म हम दिल दे चुके सनममा ऐश्वर्या अजय देवगनसँग फर्केर जान्छिन् । तर रमाइलो कुरा सलमानले यो फिल्मको अन्तिम सिन पनि फेर्ने कोसिस गरेका थिए । सलमान चाहन्थे फिल्ममा ऐश्वर्या आफूसँगै आउन् तर निर्देशक संजय लीला भंसालीले यो कुरा अस्वीकार गरे । -एजेन्सी

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D