gulminews logo
बिहीबार, २०८० चैत्र १५

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्धारा कृषकहरुसँग अन्तरक्रिया

अनिल खत्री
२२ पुस, गुल्मी । शाइन रेसुङ्गा डेभपलमेण्ट बैंक लिमिटेडले गुल्मीले कृषकहरुसँग अन्तरक्रिया गरेको छ । जिल्लाको रुरु गाउँपालिकाको थोर्गाका कृषकहरुसँग सहुलियतपूर्ण कर्जा सम्बन्धमा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको हो ।
आर्थिक समृद्घिको आधार कृषिमा व्यवसायिकरण र आधुनिकिकरण रहेकाले ग्रामिण क्षेत्रका जनताको बैंकिग पहुंच पु¥याउन अन्तरक्रिया गरेको बैकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले बताए । बैंकले स्थानिलयलाई सचेतनाका लागि कृषि तथा कृषिजन्य उद्यम र पशुपालन व्यवसायमा संलग्न कृषकहरुको उपस्थितिमा सहुलियतपुर्ण कर्जाका लागी ब्याज अनुदान सम्वन्धी व्यवस्थाको बारेमा जानकारी गराएको थियो ।
सहुलियतपूर्ण कर्जाको सम्बन्धमा जानकारी प्रदान गरि सर्वसाधारण जनतालाई कृषि उद्यम तर्फ आर्कषित गरी आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याएकोमा स्थानियले बैकको प्रसंसा गरेका थिए ।
बैकका शाखा संख्या ३८ शाखा र १ वटा एक्सटेन्सन कार्यालय रहेको बैंकले आवश्यकता र सम्भाव्यताका आधारमा सेवा विस्तार गर्दै लैजाने तयारी रहेको बैकका अध्यक्ष श्रेष्ठले बताए । बैंकले हाल रुपन्देही जिल्लाको बुटवल र मणिग्राम, गुल्मी जिल्लाको तमघास र बलेटक्सार, अर्घाखाँची जिल्लाको सन्धिखर्क, प्यूठान जिल्लाकोे विजुवार र कपिलवस्तुको चन्दौटा मा रहेका शाखा कार्यालयहरु मार्फत ३६५ दिन नै बैंकिङ्ग सेवा उपलब्ध गराउदैँ आएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D