gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

विश्वकप क्रिकेट छनौट खेलमा नेपालको तेस्राे जित

साउन ६ । यू–१९ विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले तेस्रो जित हासिल गरेको छ । आज भएको खेलमा नेपालले घरेलु टोली सिंगापुरलाई २२ रनले पराजित गर्दै जित हासिल गर्न सफल भएको हो ।

सिंगापुरको इन्डियन एसोसिएसनको मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर सिंगापुर सामु १६९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ८३ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ५४ रन बनाए । यस्तै सन्दिप सुनारले २६ तथा प्रकाश केसीले २३ रन बनाए ।

सिंगापुरका बिक्रमवीर विश्वरायले तीन तथा सुनिल आर्यमन र आहन गोपिनाथले दुई दुई विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर ४६ दशमलव ५ ओभरमा अल आउट भयो । सिंगापुरका लागि रोहन रांगार्जनले २३, सिन अग्रवालले २१, सिद्धान्तले २५, युवराज सिंहले १९, हान्सुल दिपले ३२ रन बनाउनु बाहेक अरुले दोहोरो अंक बनाउन सकेनन् ।

नेपालका लागि कप्तान सन्दिप लामिछानेले ४ विकेट, किशोरी महतोले २ विकेट, दिपेन्द्रसिंह ऐरी २ विकेट र पवन सर्राफले २ विकेट लिए ।

डबल राउन रोबिन लिगमा भएको प्रतियोगितामा नेपालले यसअघि सिंगापुरलाई ४ विकेटले हराएको थियो । अर्को खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपाल बिहीबार भएको खेलमा भने अफगानिस्तानसँग एक सय ४१ रनले पराजित भयो ।

डवल राउन्ड रोविनका आधारमा भैरहेको खेलमा शीर्ष स्थानमा रहने टोलीले न्युजिल्याण्डमा हुने १९ बर्ष मुनिको विश्वकप खेल्न पाउनेछ ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D