gulminews logo
बुधबार, २०८१ बैशाख ५

विवाहको सात दिन नपुग्दै बेपत्ता वेहुला झुण्डीएको अवस्थामा फेला

प्रेम सुनार
गुल्मी, कार्तिक २० । अर्घाखाँचीमा शिक्षक वेपत्ता भएको एक महिना हुँदै गर्दा त्यहाँको प्रहरीले एक जना ब्यक्ती झुण्डिएको अवस्थामा फेला परेको छ भनेर सुचना प्रवाह गरेपछि घटना थप रहस्यमय बनेको छ । प्रहरीले दिएको सुचनाको आधारमा शव चिन्नै नसक्ने अवस्थामा रहेको छ । असौज १६ गते मागी विवाह गरी असोज २२ गते आइतबार दिउसो १२:३० बजे देखि सन्धिखर्कबाट बेपत्ता भएका पाणिनी गाउँपालिका वार्ड नं ५ साविक मैदान ५ धारापानीका हरिप्रसाद भट्टराईको शव हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

साथमा एक थाना मोबाईल पनि फेला परेको छ । मोबाईलको नम्बर ९८४७३०६९४५ रहेको छ । झुन्डिएको ठाउँमा राष्ट्रिय बाणिज्य बैकमा जम्मा गरेका स्लिप र जुत्ता कपडा समेत फेला परेका छन् । घटनाको अनुसन्धानका लागि प्रहरीको एक टोली घटनास्थलतर्फ गएको थियो । मृतकका आफन्त अझै आईपुगेका छैनन् । आफन्त आएपछि मात्र मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिने प्रहरीले बताएको छ । आफन्त नआएसम्म प्रहरीले जंगलमा नै शव कुरेर बस्ने छ । जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रदिपकुमार बिसीका अनुसार उक्त शव परिवारले दिएका हुलियाका आधारमा शव उनै बेपत्ता भनिएका भट्टराईको हुन सक्छ । उनले भने त्यस आधारमा परिवारका सदस्यलाई वोलाईएको छ भोली सम्म थाहा हुन्छ । हामीसंग परिवारका सवै सदस्यको मोवाईल नम्वर रहेको छ । सवै संग सम्पर्क राख्दा सवैको फोन सम्पर्क विहिन छ ।

स्थानियबासीले दाउरा-घास काट्न जंगलमा गएको बेला झुन्डिएको अबस्थामा शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । यसअघि प्रहरी सेनाले उक्त जंगल क्षेत्रमा खोज तलास गरेपनि फेला परेका थिएनन् ।

३० बर्षीय हरि भट्टराई निमाबि स्थायी शिक्षकको रुपमा नवलपरासी जिल्लामा कार्यरत रहेका थिए । उनी पुर्ब धातिबाङ माबिका शिक्षक पनि थिए । साथै हरिले केही समय अगाडि पाणिनी गाउँपालिका वार्ड नम्बर ४ का नारायण घिमिरेकी छोरी बिष्णु घिमिरेसंग बिबाह गरेका थिए ।

बेपत्ता भएको दिन बिबाहको व्यवहार मिलाउन राष्ट्रिय बाणिज्य बैक सन्धिखर्कमा आई एटिएमबाट ५० हजार निकाली उनले आफुसंगै आएका साथी लक्ष्मण सुनारलाई उक्त रकम हस्तान्तरण गरि एशियन लाइफ इन्स्योरेन्समा गएर किस्ता भुक्तानी समेत गरेका थिए । नव दुलही दुलहा वेपत्ता भए देखि नै वेला वेलामा अचेत हुँदै आएकी छन् । यस घटनालाई रहस्यमय रुपमा लिईएको छ । नव दुलही गत स्थानिय तहको निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएर पणेनी गाउँपालिकामा त्यस टिमको कमाण्डर तोकेर प्रहरीले पठाएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D