gulminews logo
शुक्रबार, २०८० चैत्र १६

विरवास दुर्घटनामा ११ जना मृतकहरु मध्ये ४ को अन्त्यष्टी अझै हुन सकेन

रिया बस्नेत
गुल्मी, कार्तिक १४ । यहि कार्तिक १३ गते दिउँसो गुल्मीको विरवासमा भएको माईक्रो वस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । ९ जना घाईते पाल्पाको मिशन र प्रभास अस्पतालमा उपचार गराई रहेका छन् । घाईते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौथरीले बताए । मृतक मध्ये ७ जनाको शव सनाखत गरी परिवारलाई बुझाईएको र ४ जनाको शव पाल्पा अस्पतालमै रहेको सो कार्यालयका प्रमुख प्रहरी उपरीक्ष अनुराग कुमार द्धिवेदीले जानकारी दिए ।

दुर्घटना तिव्रगतिले हुन गएको प्रारिम्भक अनुसन्धानले देखाएको जिल्ला ट्राफिक प्रमुख डोरबहादुर थापाले बताए । २०५० सालमा ३७ जनाको ज्यान जाने गरी उर्लेनीमा भएको बस दुर्घना पछि गुल्मीमा पछिल्लो यो दुर्घटना दोश्रो ठुलो दुर्घटना भएको थापाको भनाई छ ।

यसै विच उक्त दुर्घटना प्रति नेकपा माओवादी केन्द्र गुल्मीले गहिरो दुख व्यक्त गरेको छ । सो पार्टीले बैठक वसी मृतकहरु प्रति शोक प्रकट गर्दै शोकसन्तव्ध परिवारजनहरु समक्ष समावेदना प्रकट गरेको छ । माओवादी केन्द्र गुल्मीले दुर्घटनामा परी घाईते हुनु भएका प्रति सिघ्र स्वाथ्य लाभको कामना समेत गरेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D