gulminews logo
शुक्रबार, २०८० चैत्र १६

विदेशबाट फर्किएर व्यावसायिक बंगुरपालन

गंगा खड्का
गुल्मी । वैदेशिक रोजगारका लागि खाडी मुलुक पुगेका गुल्मीदरबार गाउँपालिका-५ अमरअर्वाथोकका तीन दाजुभाई हिजोआज बंगुरपालनमा व्यस्त छन्। उनीहरूले एक आपसमा मिलेर गाउँमै व्यावसायिक बंगुरपालन सुरु गरेका हुन्। हामी तीनभाई बंगुरपालन फार्म सञ्चालन गरेर उनीहरूले मनग्गे आम्दानी गर्दै आएका छन्। ३८ वर्षीय यमबहादुर ढेगा, ४५ वर्षीय केबी ढेगा र ३७ वर्षीय झविन्द्र ढेगाले संयुक्त रूपमा फार्म सञ्चालन गर्दै आएका छन्।

घरपरिवारको खर्च धान्न तीनभाइ नै विदेश जान परेको यथार्थ यमबहादुरले जानकारी गराए। सुरुमा करिब २२ लाख रुपैयाँ लगानी गरेका उनीहरूले त्यसको दोब्बर भौतिक पूर्वाधारमा खर्च गरिसकेका छन्। हाल फार्ममा माउ र बच्चा गरी २२ वटा बंगुर छन्। ‘जागिरका लागि कतार, मलेसिया पुग्यौं’, उनले भने, ‘घरमा फर्केर केही गर्नुपर्छ भन्ने सोच आयो र बंगुरपालन सञ्चालन गरेका हौं।’
तीन भाइ मिली बंगुरको स्याहारसुसार र रेखदेख गर्ने गरेको उनले जानकारी गराए। ‘पैसा कमाउने आशाले कतारमा ३२ महिना र मलेसियामा २२ महिना काम गरेँ’, उनी भन्छन्, ‘जति काम गरे पनि सोचेअनुसार पैसा कमाउन सकिएन। जस्तो भए पनि जन्मभूमि नै प्यारो हुँदोरहेछ।’

अव गाउँघरमै व्यवसायलाई बढाउँदै लैजाने सोच बनाएको केबीले सुनाए। ‘बंगुरपालनसँगै माछापालन पनि गरेका छौँ’, उनले भने, ‘एकै थलोमा धेरै व्यवसाय गरेर आम्दानी गर्ने योजना छ।’ बंगुरपालनका लागि आधुनिक खोर निर्माण गरेको उनले जानकारी गराए। एकैपटक खोरमा ३५ वटा बंगुर अटन सक्ने क्षमता रहेको उनको भनाइ छ। तीन भाइले बराबरी रकम उठाएर फार्ममा लगानी गरेको उनले जानकारी गराए।
‘खोर निर्माणका लागि पशु सेवा कार्यालयबाट अनुदान पाएका छौँ’, उनले भने, ‘लगानीलाई थप बढाउँदै लैजाने योजना छ।’ वार्षिक १२ हजार रुपैयाँ जग्गा भाडामा लिएर फर्म सञ्चालन गरेको उनले जानकारी गराए। बजारमा मासुभन्दा बच्चाको माग धेरै रहेको उनले सुनाए। ‘मासु बिक्री गर्न समस्या छैन’, ढेगाले भने, ‘यही लिन आउँछन्।’

सबै खर्च कटाएर एक सिजनमा तीन लाख रुपैयाँ आम्दानी हुने गरेको उनले जानकारी गराए। गाउँमा व्यावसायिक बंगुरपालन गर्नेको संख्या कम भएकाले आफूको उत्पादन बिक्री गर्न कुनै समस्या नरहेको दाजुभाइले बताएका छन्। तीन दाजुभाइ मिलेर संयुक्त रूपमा व्यावसायिक बंगुरपालन व्यवसाय गरेर उनीहरू यस क्षेत्रको नमुना बनेको स्थानीयले बताएका छन्।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D