gulminews logo
शुक्रबार, २०८० चैत्र १६

‘वालमैत्री विद्यालयमा सजाएँ दश थप्पड’

प्रेम सुनार
गुल्मी, भदौं–१ । केहि दिन अघि गुल्मीको मुसिकोटमा शिक्षक र अभिभावक विच भएको कुटपिट घटनाको नयाँ खुलासा भएको छ । वालमैत्री विद्यालय भनिएको मुसिकोट ४ को दिगामचौर प्राथामिक विद्यालयमा विद्यार्थीले कुनै गल्ती गरे वापत शिक्षकले नै अर्को विद्यार्थीलाई दश थप्पड गालामा हान्न लगाउने सजाएँ तोक्ने गरेको विरुद्ध शिक्षक र अभिभावक विच कुटपिट भएको खुलासा भएको हो ।

साउन २६ गतेका दिन शिक्षक विक्रम लिम्वुले कक्षा ५ की १२ वर्षिया विद्यार्थी वसन्ती रानाले कक्षा कोठामा खेले वापत अर्की विद्यार्थी सृष्टी रानालाई दश थप्पड गालामा हान्न लगाए पछि त्यसको दोश्रो दिन उनका मामा राजेन्द्र राना र शिक्षक लिम्वु विच कुटाकुट भएको बताईएको छ । साउन २७ गते बसन्तीका मामा रानाको पसलमा शिक्षक लिम्वु गई तपाई मलाई कुट्छु भन्नु भा’छ रे हो ? भन्दै बाहिर निस्कन चुनौती दिए पछि दुबै विच कुटाकुट भएको दुबैले स्वीकार गरेका छन् ।

शिक्षक लिम्वु त्यस गाउँमा एक्लो समुदायको भएका कारण हेपिएको दावी गरेका छन् भने शिक्षक लिम्वु मार्शल आर्टका खेलाडी समेत रहेकोले दादगिरी मच्चाईएको आरोप राना पक्षले लगाएका छन् । त्यहाँका अभिभावकहरुले वालमैत्री भनिएको त्यस विद्यालयमा विद्यार्थीले कुनै गल्ती गरे वापत दश थप्पड सजाएँ शिक्षकले नै तोक्नु निन्दनीय भएको बताएका छन् । उक्त दिन वसन्ती कक्षा कोठामा खेलेको बेला विक्रम सरले देखेर उनलाई दश थप्पड गालामा हान्न लगाएकोले आफुले हानेको सृष्टीले बताएकी छन् ।

वालमैत्री विद्यालय भनिएको उक्त विद्यालयमा शिक्षकले नै दश थप्पड सजाएँ तोक्दै आएको र वेला वेलामा कुटाई खाँदै आएको त्यहाँका विद्यार्थीहरुले गुनासो गरेका छन् । यस सम्बन्धमा जिल्ला शिक्षा मित्रमणी खनाल संग सम्पर्क राख्दा उनले वालमैत्री विद्यालयमा विद्यार्थीलाई कुटपिट सजाएँ तोकेको विषय प्रति गम्भीर ध्यानकृष्ट भएको बताए । उता शिक्षकले पनि कुटाई खाएको भन्ने जानकारी आएको छ जिल्ला शिक्षा अधिकारी खनालले भने त्यसको अघिल्लो दिन अर्की विद्यार्थीलाई लगाएर दश थप्पड सजाएँ तोकेर कुट्न लगाएको दुवै घटना प्रति गम्भीर ध्यानकृष्ट भएको छ , छानविन गर्दैछौं । ’

उक्त घटनाले अर्कै रुप लिन सक्ने देखेर शिक्षक लिम्वु नै पहिलै आएर जिल्ला प्रहरी कार्यालयमा आफु अभिभावकबाट कुटिएको भन्दै उजुरी दिएको अभिभावक पक्षको आरोप छ । शिक्षक लिम्वुले भने आफु त्यस गाउँमा एक मात्र लिम्वु समुदायको व्यक्ति भएकोले निजी श्रोतको शिक्षक जागीरमा बस्न आफुलाई नदिने षडयन्त्र हुँदै आएकोले आफुलाई कुटपिट गरेको बताएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D