gulminews logo
मंगलवार, २०८१ बैशाख ४

वाम गठबन्धन जनपक्षिय उमेदवार हुन, जनताको जित हुन्छ: गोकर्ण विष्ट

प्रेम सुनार
गुल्मी, कार्तिक २२ । गुल्मी क्षेत्र नम्वर २ का वाम गठबन्धनका प्रतिनिधी सभाका उमेदवार गोकर्णराज विष्टले वामगठबन्धनका सवै उमेदवारहरु जनपक्षिय भएको र उनिहरुको जित नै जनताको जित भएको बताएका छन् ।
रेसुङ्गा नगरपालिका वडा नम्वर ५ लामडाँडाको चुनावी सभालाई सम्वोधन गर्दैं उनले भने –‘ विभेदमा परेका गरिव निमुखा जनताका लागि हामी वामगठबन्धनका उमेदवारहरु साझा र जनपक्षिय उमेदवार हौं, ति वर्ग समुदायबाट आफुहरु भारी मतले विजयी हुने शुनिश्चित भईसकेको छ ।’
उनले सामाजिक न्याय, समानता, स्थिर सरकार र समृद्धि मुलुक निमार्णका लागि वामगठबन्धनलाई विजयी बनाएर आफु जनताको सरकार बनाउने श्रमजिवी जनताका लागि यो ऐतिहासिक अवसर भएको बताए । उनले यो ऐतिहाँसिक अवसरलाई नगुमाउन अग्रह गदै वामगठबन्धनका जनपक्षिय उमेदवारलाई जिताएर आफुले चाहेको मुक्तिको बाटो अंगाल्न समेत आग्रह गरे ।
गुल्मी क्षेत्र नम्वर २ स्थानिय तहको निर्वाचनमा काग्रेस भन्दा वामगठबन्धन १३ हजार मतले अगाडी रहेको बताउँदै उनले त्यसको दोव्वर मत ल्याएर जित्ने दावि गरे । उमेदवार विष्टले रेसुङ्गा नगरपालिका भित्र केहि वडाहरु अझै पनि बत्ति मुनीको अँध्यरो भने झै भएको बताउँदै अव जसरी विगतमा साविकको क्षेत्र नम्वर ३ ले विकास पायो त्यसरी नै रेसुङ्गा नगरपालिवासीले विकास पाउने उद्घोष गरे ।
वडा नम्वर ५ को लामडाँडा लगायतका गाउँहरुमा मोटर बाटाको हरिविजोग देखेर आफु अचम्वीत भएको बताउँदै उनले स्थानियवासीलाई सुविधा सम्पन्न सडक बनाई दिने र लिफ्टीङ्ग सिस्टम खानेपानी योजना पारेर सिंचाईको व्यवस्था समेत कृषकलाई मिलाउने बताए ।
बृद्ध भत्ता, एकल महिला भत्ता, अपाङ्ग भत्ता मात्र होईन भने सुत्केरी भत्ता समेत मासिक ५ हजार बनाउने वामगठबन्धनको संयुक्त चुनावी एजेण्डा रहेको जानकारी दिए । एमालेका प्रभावशाली नेता समेत रहेका विष्टले आजै रेसुङ्गा नगरपालिका वडा नम्वर ६ को वृहत चुनावी सभालाई समेत सम्वोधन गरेका छन् ।
संयुुक्त चुनावी सभामा क्षेत्र नम्वर २ प्रदेश क का उमेदवार खड्क केसी, माओवादी केन्द्रका जिल्ला संयोजक विरबहादुर कार्की , रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल, नेकपा एमालेका सचिवालय सदस्य गणेश श्रीपाली, वडा नम्वर ५ का वडाध्यक्ष गनबहादुर गुरुङ्ग लगायतका नेताहरुले सम्वोधन गरेका थिए ।
वडा नम्वर ५ मा तेजप्रसाद खनालको अध्यक्षता र गणेश मरासीनीको सञ्चालन रहेको थियो भने वडा नम्वर ६ मा रामप्रसाद मरासीनीको अध्यक्षता र हरिप्रसाद पोखरेलको सञ्चालन रहेको थियो । उक्त वडा गत स्थानिय निर्वाचनमा नेकपा एमाले एक्लैले कांग्रेस भन्दा चार सय मत बढिले जितेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D