gulminews logo
बिहीबार, २०८१ बैशाख १३

लक्षित वर्गको रकममा दलितहरु विचमै लुछाचुँडी र कुटपिट

प्रेम सुनार
गुल्मी, साउन ९ । जिल्ला विकास समिद्धिारा लक्षित वर्गका लागि विनियोजन हुने रकमा साविकको अर्वेनी गाविसमा दलित अगुवाहरु विचमै लुछाचुँडी हुँदै आएको छ र यसपाली त एक आपसमा कुटपिट समेत भएको छ ।

उक्त शिर्षकको रकम बाँडफाँडका क्रममा एमाले कार्यकर्ताहरुले गरेको निर्णयमा असहमति जनाए बापत गुल्मीको अर्वेनीमा कुटपिट पनि भएको छ ।

कालिगण्डकी गाउँपालिका वडा नम्वर–२ साविकको अर्वेनी गाविस वडा नम्वर–२ भयकोटका २४ वर्षिय होमबहादुर बिकलाई दलित उत्थान वडा समन्वय समिति अर्वेनीका अध्यक्ष टिकाराम बिक भनेर चिनिने नन्द विकले आफ्ना कार्यकर्ता सुन्दर बिक लगायतका युवाहरु परिचालन गरी अर्वेनी बसपार्क पछाडी बिकलाई एक्लो पारी कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए ।

एमालेको वाहुल्यता रहेको साविकको त्यस गाविसमा गत ५ वर्ष देखि एमाले कै कार्यकर्ता टिकाराम बिक अध्यक्ष रहेको र हाल सम्म उनले दलितहरुका लागि परेको रकमबाट कार्यक्रमहरु एकलौटी र अप्रादर्शी ढंगले सञ्चालन गर्दै आई रहेको विषय विरुद्ध माओवादी केन्द्रका कार्यकर्ता नन्दबहादुर बिकले आवाज उठाउँदै आएका थिए ।

साविकको वडा नम्वर १ , २ र ३ मा ७८ घरधुरी दलित छन् । वडा नम्व ७ र ८ मा दलितहरु छैनन् । वडा नम्वर ४, ५ र ९ तत्कालिन गाविस कार्यालय सेरोफेरोमा जम्मा ३२ घरधुरी दलितहरु छन् । ।।।गाविस सेरोफोरो भएका तिनै ३२ घरधुरी दलितहरुको अगुवाईमा दलितहरुको उत्थानका लागि आएको रकम बाँडफाँड हुँदै आएकोमा ठुलो संख्यामा रहेका माथील्लो भेगका दलितहरुले अव अध्यक्ष माथील्लो भेगकै बनाउनु पर्छ , सधै हामी डेढ घण्टाको दुरीमा पर्ने दलितहरु तल आउनु पर्ने, अव तपाईहरु पनि माथी आउनु पर्छ भनेर भनेका थियौं , – माओवादी केन्द्रका कार्यकर्ता नन्दबहादुर बिकले भने –।।।खास त मलाई नै कुटपिट गर्ने योजना रहेछ तर एक्लो अवस्थामा होमबहादुरलाई भेटेर सास फेर्न नसक्ने गरी एमालेहरुले कुटे छन् ।’

उनका अनुसार अध्यक्ष टिकाराम बिकले आर्थिक वर्ष २०६९ ÷०७० देखि हाल सम्म प्रत्येक वर्ष दलितका लागि परेको रकमको पुरै हिसाव किताव बुझाएका छैनन् । २०६९ ÷०७० कै ८ हजार बुझाउन बाँकी छ , त्यो रकम पनि ल्याउनुस् , त्यस यताको रकम पनि बुझाउनुस् , हामीले भनेका थियौं र अहिले परेको १ लाख ८० हजारले घरधुरी संख्याको आधारमा रकम बाँडफाँड गरेर वाख्रा पालन गरौं भनेका थियौं बिकले थपे–।।। जहिले पनि त्यहाँ एमाले कै मनमर्जी अनुसार कार्यक्रम गर्न बाध्य हुनु परेपछि यसपालि माओवादी केन्द्रका दलित प्रतिनिधी होमबहादुर बिकले उनिहरुको निर्णयमा असहमति जनाएका थिए । ’

त्यसबाट रिसाएका एमालेहरुले तल घर जान वसपार्कमा झरेका होमबहादुरलाई एक्लो पारेर कुटेको र उनलाई सास फेर्न गाह्रो भएको स्थानिय केन्द्रका स्थानिय नेता कमल न्यौपानेले बताए ।

“कोखमा लात्ती मुड्की हाने छन् । सास फेर्न सकिन दाई भन्दै रोई रहेको थियो’– न्यौपानेले भने –।।।लोकतन्त्रमा सहमति वा असहमति जनाउन पाउने अधिकार सवैको हुन्छ तर यहाँ लोकतन्त्र नभएर एमालेको राणाशासन चलेको हो कि भन्ने महशुस भएको छ ।’

एमाले कार्यकर्ता तथा ५ वर्ष देखि दलितहरुको अध्यक्ष रहँदै आएका टिकाराम बिकले भने बेस्सरी नपिटेको सामन्य धकला धकल मात्रै भएको जिकिर गरे । उनले भने–।।। हामीहरुले गरेको निर्णयमा उनले असहमति जनाए छन् , त्यसको विवादमा सामन्य धकला धकल मात्रै भएको हो, बेस्सरी कुटिएको होईन् । ’ कोखमा असर परेको बताईएका बिक घरमा लडि रहेका छन् ।

उता चन्द्रकोट गाउँपालिकामा एमालेबाटै विजयी वडा नम्वर ५ का वडाध्यक्ष टेकबहादुर पुनले नै स्थानिय अपाङ्गका दलित एवं कांग्रेस कार्यकर्ता मनबहादुर बिकलाई कुटेर कानको जाली नै फुटाई दिएका छन् ।

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D