gulminews logo
शुक्रबार, २०८० चैत्र १६

रेसुंगा क्षेत्रमा गुल्मेली माया छाडेर बिदाई भए डिएसपी सुवेदी

टोपलाल अर्याल
गुल्मी, २८ साउन । जिल्लाका विभिन्न क्षेत्रका रचनात्मक एवं सृजनात्मक काम गर्दै आएको सशस्त्र प्रहरी बल नेपाल गुल्म गुल्मीले पवित्र धार्मिक क्षेत्र रेसुङ्गामा फलामे बेन्चको राखिदिएको छ । रेसुङ्गाको पोखरी देखी यज्ञशाला सम्म विभिन्न पाँच स्थानमा आराम गर्नेहरुका लागि बेन्च राखिएको छ । जसले बृद्ध बृद्धा, अशक्त, महिला तथा बालबालिकाहरु पैदल यात्रीहरुलाई सजिलो हुने सशस्त्र प्रहरी बल नेपाल गुल्म, गुल्मीका गुल्मपति दिग विजय सुवेदीले बताए ।

digvijaya subedi

पोखरी परिसरमा आयोजना गरीएको एक कार्यक्रममा दिग विजय सुवेदीले ति बेन्चहरु रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेश चन्द्र भुसाललाई हस्तान्तरण गरे । सात फिट लम्बाई भएको एक वटा बेन्चको बजार मुल्य झण्डै बाह्र हजार रहेको छ । करिव ६० हजार बराबरको सम्पत्ति रेसुङ्गा संरक्षण समितिलाई प्रदान गर्ने शसस्त्र प्रहरी र गुल्मपति सुवेदीलाई समितिका अध्यक्ष भुसाल आभार प्रकट गरे । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनाल र सशस्त्र प्रहरी नायव उपरीक्षक दिग विजय सुवेदीको ब्यक्तिगत खर्चमा ति बेन्चहरु निर्माण भएको गुल्मले जनाएको छ ।

शनिबार नै बेन्चहरु सम्बन्धित स्थानहरुमा सशस्त्र प्रहरी बलको टोलीले राखिसकेको छ । गुल्मीमा रहँदा विभिन्न रचनात्मक काम गरेर परिचित शसस्त्र प्रहरी नायव उपरिक्षक सुवेदी भर्खरै सरुवा भएका छन् । कर्तव्य पालनाको शिलशिलमा आफुले जिल्ला छोड्नु नै पर्ने भए पनि गुल्मेलीहरुको माया र सदभावका लागि सानो सहयोग धार्मिक क्षेत्रमा गरेको उनले बताए ।

गुल्मपति सुवेदीको बिदाई

सशस्त्र प्रहरी बल नेपाल गुल्म गुल्मीका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक दिग विजय सुवेदीलाई कर्मचारी मिलन केन्द्र गुल्मीले एक कार्यक्रम गरी बिदाई गरेको छ । कर्मचारी मिलन केन्द्र गुल्मीका अध्यक्ष सशिन्द्र खाती तथा प्रमुख अतिथी जिल्ला न्यायधिश मात्रृका प्रसाद मरासेनी, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुङ्गानाले बिदाई गरे ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा आयोजना गरीएको बिदाई कार्यक्रममा सशस्त्र प्रहरी नायव उपरीक्षक सुवेदीले जिल्लामा रहँदाको अनुभव साटेका थिए । साथै जिल्लामा शान्ति सुरक्षा कायम गर्न, बिपद् व्यवस्थापन कार्य गर्न तथा स्थानिय तहको निर्वाचन सफलता पूर्वक सम्पन्न गर्न स्थानिय प्रशासन, अन्य सुरक्षा निकायहरु तथा जिल्ला स्थित सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालयहरुबाट समन्वयात्मक भुमिकाको प्रसंसा गरे । जसले आफुलाई गुल्मीले व्यक्तिगत, सेवाभाव र ब्यवसायीक जिवनमा थप अनुभव प्रदान गरेको बताए ।
digvijay subedi farewell
गुल्मीबाट प्राप्त गरेको सहयोग सदचार, मित्रता तथा सम्मानलाई आफुले सदैव उच्च आदरका साथ भविष्यमा स्मरण गर्ने समेत सुवेदीले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुङ्गाना र प्रमुख अतिथी मरासिनीले सुवेदीले जिल्लामा कार्य गर्दा पु¥याएको योग्दानको प्रशंसा गर्दै थप सफलताको कामना समेत गरे । सुुवेदी जिल्लामा आए पछी शान्ति सुरक्षाको कार्यको अतिरित्त सरसफाई अभियान, बिपद् व्यवस्थापनमा जनचेतनामुलक प्रशिक्षण अभियान प्रभावकारी रुपमा संचालन गरेका थिए । सुवेदीको सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकमा सरुवा भएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D