gulminews logo
शनिबार, २०८१ बैशाख ८

रेणु दाहालका ज्वाईँ प्रतिनिधीसभाका उम्मेदवार, पूर्व साँसद बराल प्रदेश मन्त्रीको दाउमा

गुल्मी । नेकपा माओवादी केन्द्र गुल्मीले प्रदेश र प्रतिनिधीसभाका उम्मेदवारहरुको नाम सिफारीस गरेको छ । माओवादीको जिल्ला कमिटी बैठकले उम्मेदवारको नाम सिफारीस गरी केन्द्रमा बुझाएको हो ।

माओवादीले २ निर्वाचन क्षेत्र रहेको गुल्मीमा एक जना मात्रै प्रतिनिधीसभाका लागि प्रत्यक्षमा सिफारीस गरेको छ । जिल्ला सहसंयोजक बुद्धि जिसिको नाम मात्रै सिफारीस गरेको हो । एमालेसंगको तालमेल हुने भएकोले तालमेलका लागि ठाउँ राखेर उम्मेदवारको नाम सिफारीस गरेको माओवादी स्रोतले जनाएको छ ।

प्रत्यक्ष तर्फ सिफारीस भएका जिसि माओवादी अध्यक्ष प्रचण्डका सम्धी टिवि पाठकका छोरी ज्वाईँ र भरतपुर महानगरकी मेयर रणु दाहालका नन्दे भाई हुन् । उनको निर्वाचित क्षेत्र तोकिएको छैन । एमाले सचिव गोकर्ण विष्ट प्रदेश मुख्यमन्त्रीमा चुनाव लडेमा जिसि प्रतिनिधीसभामा र विष्ट प्रतिनिधीसभामा चुनाव लडेमा जिसि प्रदेशमा चुनाव लड्ने गरी सिफारीस गरीएको माओवादी स्रोतले बताएको छ ।

पूर्व साँसद बराल प्रदेश मन्त्रीको दाउमा
माओवादीले पूर्व साँसद तथा माओवादी पोलिटब्यूरो सदस्य सुदर्सन बराललाई प्रदेश उम्मेदवारमा सिफारीस गरेको छ । क्षेत्र नं १ (क) मा बरालको नाम प्रत्यक्षमा सिफारीस गरीएको हो । एमालेसंग तालमेल भएपनि उनी उम्मेदवार बन्नेछन् । माओवादी निकट मगर राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रिय अध्यक्ष समेत रहेका बरालको माओवादी केन्द्रिय सचिवालयमा राम्रो पहुँच रहेकोले उनी प्रदेशमा पार्टीको महत्वपूर्ण भूमिका सहित प्रदेश उम्मेदवार बन्न लागेका हुन् । चुनाव जितेमा उनी प्रदेश सभामा पार्टीको तर्फबाट महत्वपूर्ण जिम्मेवारी सहित मन्त्री बन्ने स्रोतको दावी छ ।

जिसि र बराल दुवैजना सर्बसम्मत उम्मेदबार हुन् । माओवादीले प्रत्यक्षतर्फ क्षेत्र नं. १ (ख) बाट लोकनाथ पाण्डे र रामचन्द्र कँडेल, क्षेत्र नं २ (क) बाट खुम बहादुर थापा र भुवन केसी र क्षेत्र नं. २ (ख) बाट पोलिटब्यूरो सदस्य दिनेश पन्थी र केन्द्रिय सदस्य रीज्जु श्रेष्ठको नाम सिफारीस गरेको छ ।

समानुपातिकतर्फ भने माओवादीले प्रतिनिधीसभाको लागि बर्तमान समानुपातिक साँसद सिर्जना तरामु र जिल्ला संयोजक बिर बहादुर कार्कीको नाम सिफारीस गरेको छ । त्यसैगरी क्षेत्र नं १ (क) बाट चित्र बहादुर केसि, सुमित्रा केसी, तेजेन्द्र सलामी मगर र दुर्गा प्रसाद ढकाल, क्षेत्र नं. १ (ख) बाट गीता थापा, शेर बहादुर सर्तुङ्गी, मनिराव ज्ञवाली र सुनिता ठडराईको नाम सिफारीस गरेको छ । त्यसैगरी क्षेत्र नं. २ (क) बाट सावित्रा खरेल, भुवन सुनार, धर्म बि.क. र तिलक महतको नाम सिफारी गरेको छ भने क्षेत्र नं. २ (ख) बाट निम बहादुर पाण्डे, उषा बुढा मगर, बिनीता पोखरेल र सूर्य बहादुर बुढामगरको नाम सिफारीस गरेको छ । -एकता न्युज डट कमबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D