gulminews logo
बिहीबार, २०८१ बैशाख १३

रुरु एफ.एम. ११ औं बर्षमा प्रबेश

अनिल खत्री
गुल्मी, २ कात्तिक । रुरु मल्ट्रिमिडिया प्रा.लि छत्रकोट गाउपालिका ४ श्रृङ्गा गुल्मीद्धारा संचालित रुरु एफ.एम ९४.८ मेगाहर्जले आफ्नो संचार यात्राको दशौं बर्ष पुरा गरेको छ ।
भाषा, कला र संस्कृतिको प्रचार, गाउँ गाउँमा सुचना र संचार भन्ने नाराका साथ स्थापित रुरु एफ.एम, गुल्मी जिल्लासंगै छिमेकि जिल्लाहरु अर्घाखाँची, पाल्पा, बाग्लुङ्ग, प्युठान, रोल्पा, स्याङ्गजा, कपिलबस्तु, रुपन्देहीका केहि भाग लगायतका करिव १५ भन्दा धेरै जिल्लाहरुमा सुन्न सकिन्छ ।
२०६५ साल कात्तिक लक्ष्मीपूजाको अबसर पारेर स्थापना भएको रेडियो २४ सै घण्टा प्रसारणमा रहेको रुरु एफ एमले विभिन्न समाचार मुलक, शिक्षामुलक, जनचेतनामुलक र विभिन्न साङ्गगितिक कार्यक्रमहरु प्रसारण र संचालन गर्दै आएको छ ।
आफ्नो ११ औं बर्ष प्रवेशको अवसरमा रेडियो संचालन समितिका अध्यक्ष एवम रेडियोका व्यवस्थापक युगराज बस्यालले शुभकामना सन्देश व्यक्त गर्दै सम्पुर्ण श्रोता, विज्ञापन दाता, शुभचिन्तक, पत्रकार लगायत सम्पुर्णलाई साथ र सहयोगको लागी धन्यवाद ज्ञापन गर्दै आगामी यात्रामा पनि साथ र सहयोगको अपेक्षा गरेका छन् । साथै दिपावलीको अवसरमा शुभकामना समेत व्यक्त गरेका छन ।
रेडियोले आफ्नो बार्षिक उत्सव एवम शुभ दिपावलिको अवसरमा शुभकामना आदान प्रदान समेत गरेको छ । आफ्ना श्रोता, शुभचिन्तक, विज्ञापन दाता, विभिन्न राजनितिक दलका प्रतिनिधि, पत्रकार र स्थानियको बिचमा शुभकामना आदान प्रदान गरेको हो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D