gulminews logo
शनिबार, २०८१ बैशाख ८

रिडी हाइड्रोले ६ प्रतिशत बोनस शेयर दिने

काठमाडौँ, १० कात्तिक । रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई छ प्रतिशत बोनस शेयर दिने भएको छ ।
कम्पनीको आज सम्पन्न १६ औँ वार्षिक साधारणसभाले शेयरधनीलाई नगद लाभांश उपलव्ध गराउने निर्णय गरेको छ । गुल्मी जिल्लाको रिडीमा कम्पनीले २.४ मेगावाट क्षमताको जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।
कम्पनीले हाल ९.९ मेगावाट क्षमताको इवाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको र यसै वर्ष निर्माण सम्पन्न हुनेछ । कम्पनीले बुटवलमा ८.५ मेगावाट क्षमताको ग्रिडमा जोडिने सौर्य ऊर्जा प्रणाली निर्माण गर्ने अनुमतिपत्र लिएको छ ।
सौर्य प्रणाली जडानका लागि कम्पनीले अधिकृत पूँजीमा वृद्धि गरी रु एक अर्ब पु¥याउने प्रस्ताव पारित गरेको कम्पनीको सञ्चालक समितिका अध्यक्ष बच्छराज तातेडले जानकारी दिए । रासस

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D