gulminews logo
बुधबार, २०८१ बैशाख १२

यि १३५ बालबालिका कहाँ गए ?

विकाश पराजुली
बुटवल, २२ साउन । रुपन्देहीबाट वालवालिका गायव हुने संख्या डरलाग्दो तरिकाले बढ्दै गएको छ । पछिल्लो चार वर्षमा १ सय ३५ वालवालिका हराएका छन् ।
भारतसंगको खुला सीमाका कारण वालवालिकाहरुको बेचविखन हुने गरेको आशंका गरिएको छ । रुपन्देहीको कालिदह नाका हुदै वालवालिका भारत प्रवेश गर्ने गरेको भेटिएको छ ।

केही महिनाअघि त्यही नाका हुदै भारत प्रवेश गर्दै गरेका डेढ दर्जन वालवालिकालाई प्रहरीले उद्धार गरेको थियो । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार चार वर्षमा २ सय ५८ वालवालिका हराएको उजुरी दर्ता भएका छन् । ती मध्ये १ सय २३ जना विभिन्न हालतमा फेला परेका थिए । महिला सेल इन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मण विकले मजदुरीका लागि भारत पस्नेको संख्या धेरै भेटिएको बताउनुभयो ।
गायव वालवालिकामध्ये ६८ वालिका र ६७ वालक रहेका छन् ।

गएको वर्षमात्रै १२ जना वालक र २१ जना वालिका गायव भएका छन् ।
हराएका वालकहरु निकै कम भेटिने गरेका छन् । माइती नेपाल रुपन्देहीकी अध्यक्ष प्रभा खनालले नेपालबाट हराएका वालवालिकाहरु जुरी कारखाना (कपडामा बुट्टा भर्ने काम) र घरेलु कामदारका रुपमा भारतमा काम गर्दै आइरहेको अवस्थामा भेटिएको बताउनुभयो । रुपन्देहीमा भारतसंग जोडिएका मुख्य १६ नाका तथा साना ठूला दर्जनौं नाकाबाट वालवालिका भारत पुराउने गरेका छन् ।

जिल्ला प्रहरी रुपन्देहीमा चार वर्षमा ४ सय ६१ महिला हराएको उजुरी दर्ता भए पनि त्यसको तीन गुणासम्म महिलाहरु वैदेशिक रोजगारीको नाममा भारतमा गायव हुने गरेका छन् ।
माइती नेपालले मात्रै गएको वर्ष ३ सय ८२ जनालाई फिर्ता ल्याएको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले वालवालिका र महिलाहरु हराउनुमा प्रशासन संवेदनशील भएको बताउनुभयो ।

यता, गुल्मीमा आर्थिक बर्ष २०७३÷०७४ मा १ सय १ जना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीले दिएको जानकारी अनुसार वेपत्ता हुनेहरुमा सबैभन्दा बढी महिलाहरु रहेका छन् । प्रहरी सहायक निरिक्षक सत्यनारायण यादवले हराएकाहरु सबैलाई खोजि गर्न भन्दै प्रहरीमा निवेदन दिएका छ । प्रहरीले खोजी गरिरहेको जनाएपनि कोही सम्पर्कमा नआएको जनाएको छ ।

महिला सेल र मुद्दा फांटमा आर्थिक बर्षको शुरुवातमै गुल्मी दरवार गाउंपालिका १ की जमुना पुन हराएको भन्दै खोजीका लागि जाहेरी परेको छ ।
श्रीमान लामो समय कतार बसेर घर फर्कदा श्रीमती सगै १ वालक पनि हराएको भन्दै श्रीमान होम बहादुर सतुङ्गे पुनले जाहेरी दिएको यादवले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७३÷०७४ मा हराउनेहरुमा अधिकांश महिला र बालवालिका रहेका छन् ।

महिलाहरुको तुलनामा पुरुषहरुको संख्या हराउनेहरुमा कम रहेको छ । प्रहरीको रेकर्ड अनुसार ०७३÷०७४ मा महिला ६८ जना, वालवालिका १६ जना र पुरुष १७ जना वेपत्ता भएको प्रहरीमा निवदेन दर्ता भएका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D