gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

यि हुन् धुर्कोट गाउँपालिकाले देशका अन्य स्थानिय निकायले भन्दा पहिला गरेका काम ….

प्रेम सुनार
जिल्लाका दुई नगरपालिकाले दिन नसकेको वाईफाई सेवा धुर्कोट गाउँ पालिकाले पहिलोपटक निशुल्क गर्ने निर्णय गर्‍यो । स्थानिय तह निर्वाचन पछि देशमै पहिलो पटक धुर्कोट गाउँपालिकाले प्रेस संयोजक नियुक्त गरे पछि अरु पालिकाहरुले पनि नियुक्त गर्न सुरु गरेका थिए ।

त्यसै गाउँपालिकाले विपन्न परिवारको खरको छानामा टिनको छाना लगाई दिने घोषणा गरेपछि अन्यत्र पनि यो अभियानलाई पछ्याईएको हो । सञ्चारकर्मीका रुपमा सदिऔं देखि गाउँको सेवा गर्दै आएका कटुवालहरुलाई त्यस गाउँपालिकाले देशमैं पहिलो पटक तलव तोके पछि मुसिकोट नगरपालिकाले पनि त्यसलाई पच्छ्याउँदै कटुवालहरुलाई तलव निर्धारण गर्ने भएको छ । अन्यत्र पनि यसवारे वहसको विषय बनिरहेको जनाईएको छ ।

जिल्लाका २ नगरपालिका र १० गाउँपालिका मध्ये जनप्रधिनिधीहरुले १ सय दिनमा गरेका काम पत्रकार भेटघाट गरेर सार्वजानिक गर्ने धुर्कोट गाउँपालिका पहिलो हो । कार्यक्रमका प्रमुख अतिथी पुर्व सांसद रुद्रमणी शर्मा भन्डारीले उक्त कार्यलाई पारदर्शीताका लागि जिल्लाकै नमुना भएको प्रतिकृया दिए ।

अर्का विशेष अतिथी कांग्रेसका युवा नेता छन्दबहादुर पहराईले उक्त कार्यलाई हुने विरुवाको चिल्लो पातको संज्ञा दिए । नेपाल शिक्षक संघका नेता प्रेमनारयण भण्डारीले गरिवका खरका झुपडीमा टिनको छाना लगाई दिने धुर्कोट गाउँपालिकाको पहिलो घोषणाले गाउँपालिकाको गरिवहरु प्रतिको गाम्भिर्यता प्रस्त्य्त गरेको छ । आगमी दिनमा पनि कसरी गरिवलाई उकास्न सकिन्छ भन्ने मै दत्तचित्त रहन बक्ताहरुले सुझाव दिए ।

उपप्रमुख शिवबहादुर खत्रीले ईच्छा शक्ति र जनप्रतिनिधीहरुमा एकमत भएरै सय दिनमा कल्पना गर्न नसकिएको काम गर्न सकिएको र आफुहरुले चुनावताका बोलेका कुराहरु पुरा गर्ने गरी योजना बनाईएको जानकारी दिए । धुर्कोटका प्रमुख र उपप्रमुख सहोदर दाजु भाई जस्तै मिलेर काम गरी रहेका छन् । नेता पहराईले यि दुई विच पिरती निकै झाँङ्गिएकोले नै काममा यो परिणाम निस्कीएको प्रतिकृया दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D