gulminews logo
मंगलवार, २०८१ बैशाख ४

यस्तो रह्यो गाउँको मेला झल्काउने यूकेको गुल्मेली भेला

फडिन्द्र भट्टराई
लन्डन, साउन २४ । बेलायतमा बस्ने गुल्मेलीको साझा संस्था गूल्मी जिल्ला समाज यूकेले नेपालको गाउँ ठाउँको झल्को मेटाउने गरी वार्षिक भेटघाट कार्यक्रम गरेको छ।

१ हजार ३ सय भन्दा बढी मान्छे सहभागी उक्त मेलामा नेपालबाट आएका आधा दर्जन कलाकारको प्रस्तुती, खुला चौरमा गुल्मेली नौमती बाजा, मौलिक सालैजो झ्याउरे, परम्परागत तीज गीतको नाचहरुले भेलालाई सांस्कृतिक मेलाको रुपमा परिणत गरिदिएको थियो।

अल्डरसट कनट स्कुल प्रांगणमा आयोजना गरिएको कार्यक्रममा बेलायतका बिभिन्न शहरहरुबाट बस बुक गरेर कार्यक्रमस्थलमा बिहानैदेखि सहभागीहरुको ओईरो लागेको थियो।

च्यारिटी कार्यक्रमका अलावा संस्थाले प्रत्येक बर्ष विशुद्द मनोरन्जनात्मक शैलीमा आयोजना गर्ने यसपालीको भेलामा नेपालबाट आएका कलाकारहरु सन्तु थापा, रुपा घर्ती, राजु ढकाल, याम क्षेत्री, बलराम पुन, जानकी मगर, जमुना राना लगायतले सहभागीहरुलाई दिनभर नचाए।
gulmi samaj uk
भित्र हलमा कलाकारको प्रस्तुती चल्दै गर्दा बाहिर प्रांगणमा नौमती बाजा, गुल्मेली ठाडो भाका, तीज गीत लगायातका ग्रुप ग्रुपमा नाचगान चलिरहेको थियो। खेलकुदमा आकर्षण बनेको भलिवल प्रतियोगिता पनि धेरैको ध्यान खिचेको पाईयो।

कार्यक्रमको शुरुवातमै संस्था स्थापनाको दशौ बार्षिकोत्सव संस्थापक एबं अतिथी लगायतले केक काटेर मनाएका थिए। यस अवसरमा संस्थाका संस्थापक अध्यक्ष ओम प्रसाद थापा, निर्वतमान अध्यक्ष अर्जुन गौतम, एन आर एन यूरोप संयोजक कुल आचार्य लगायतले शुभकामना मन्तब्य दिएका थिए।

संस्थाका अध्यक्ष राम गलामीको अध्यक्षतामा सम्पन्न छोटो औपचारिक कार्यक्रममा पूर्व कानुन मंत्री हरिकुमार न्यूपाने प्रमुख अतिथी र नेपाली दुतावास लन्डन बाट भुपेन्द्र घिमिरे बिशेष अतिथीको रुपमा बोल्दै प्रवाशमा सांस्कृतिक जगेर्ना गर्ने खालको कार्यक्रमले आफुहरु प्रभावित बनेको बताए।

कार्यक्रमका संयोजक तथा संस्थाका उपाध्यक्ष टोप पल्लिले सहभागीहरु लाई स्वागत गरेका थिए। खुला आकाश मुनीको बृहत बार्बेक्यू सहितको यो भेलाको सह संयोजन सचिव बिर बलालले गरेका हुन।

कार्यक्रममा नयाँ पुस्ताको स्थानीय बाल बालिकाहरुले बिभिन्न नृत्यहरु समेत प्रस्तुत गरेका थिए। दुई चरणको छुट्टाछुट्टै कार्यक्रमको संचालन महासचिव शिव भण्डारी र प्रवक्ता मंजु खरेलले गरेका थिए।

कार्यक्रममा नेपालबाट आफ्नो परिवार भेट्न बेलायत आएका दर्जनौ बृद्द बृदा हरु बेलायतमा नेपाल झल्केको देखेर दंग भेटिएका थिए। बेलायतका गुल्मेली हरुले आयोजना गरेको यो कार्यक्रममा थुप्रै गैर गुल्मेली नेपालीहरुको समेत सहभागिता थियो। प्रत्येक वर्ष हजार भन्दा बढी मान्छे भेला पारेर मनाउने यो मेलाले यतातिर एउटा पर्वको रुपमै चर्चा पाउने गरेको छ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D