gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

यस्तो छ आधुनिक कृषि मार्फत मुसिकोट नपालाई नमुना बनाउने योजना

प्रेम सुनार
०९ कार्तिक, गुल्मी । परिश्रमिक कृषि सहकारी संस्था लिमिटेड, मुसिकोट नगरपालिका वडा नं. १ थामडाँडा र मालिका गाउँपालिका १ नेटा गुल्मीको छैठौं वार्षिक साधारण सभा शुरु भएको छ। सभाको उद्घाटन गर्दै मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले कृषिको विकास विना राज्य सम्वृद्ध हुन नसक्ने वताउनु भएको छ। थामाडाँडाको सेतिपोखरीमा भएको कार्यक्रममा मेयर सापकोटाले मुसिकोट नगरपालिका कृषि मार्फत नमुना वन्ने वताउनु भएको छ।

सापकोटाले नगरको विकासको लागी पूर्वाधार तर्फ खानेपानी, विद्युत र मोटरवाटो र आर्थिक स्तरवृद्धिको लागी कृषि पर्यटन र उद्योगको विकासलाई प्राथमिकतामा राखेर वजेट विनियोजन गरिएको वताउनु भएको छ। सापकोटाले सहकारी मार्फत कृषिको प्रवद्र्धन गर्ने, एक घर एक धारा कार्यक्रम मार्फत खानेपानी व्यवस्थित गर्ने वताउनु भएको छ। निस्ती खोलाको पानीलाई माथि डाँडामा पम्पिङमार्फत ल्याई पर्याप्त खानेपानी पुर्याउन वजेट विनियोजन भैसकेको भन्दै ५ वर्ष भित्र आफुले प्रतिवद्धता गरेका सवै काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष रित वहादुर थापा, मुसिकोट नगरपालिकाका उप मेयर कल्पना शर्मा, वडा नं. ७ का वडा अध्यक्ष तथा आर्थिक समितिका संयोजक प्रकाश काफ्ले, वडा नं. ३ का अध्यक्ष कर्ण जि.सि., कार्यपालिका सदस्य हरि छन्त्याल, वडा नं. १ का वडा अध्यक्ष पूर्ण हितान, लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताहरुले सहकारी मार्फत सामाजिक परिवर्तन सम्भव हुने भन्दै सवै सदस्य सचेतता पुर्वक लाग्न आग्रह गर्नुभएको थियो।

कार्यक्रम सहकारीका अध्यक्ष प्रतिमा केसिको अध्यक्षता, कोषाध्यक्ष केशव घिमिरेको स्वागत मन्तव्य तथा सचिव ढाल वहादुर वोहोराको संचालनमा सम्पन्न भएको थियो। २०६८ सालमा ४२ जना कृषकहरुवाट सुरु भएको संस्थामा हाल १ सय १० जना शेयर सदस्यहरु रहेका छन्। ७ लाख वचत रहेको संस्थाले विविध कृषिजन्य कामको लागी सदस्यहरुलाई ऋण प्रदान गर्दै आएको छ। तिन दिन सम्म चल्ने सो साधारण सभाले आर्थिक तथा प्रगति प्रतिवेदन पासगर्ने संस्थाका कोषाध्यक्ष केशव घिमिरेले जानकारी दिनुभएको छ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D