gulminews logo
शनिबार, २०८१ बैशाख ८

यस्ता छन् चन्द्र भण्डारी र प्रदिप ज्ञवालीलाई लागेका आरोप, यसरी खण्डन गर्छन् आरोप

गुल्मी, कार्तिक १९ । राष्ट्रिय राजनीतिमा चर्चामा आइरहने एमाले सचिव प्रदीप ज्ञवाली र कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी एकै क्षेत्रबाट प्रतिस्पर्धा गर्दै छन् । प्रतिनिधिसभामा २ र प्रदेशमा ४ क्षेत्र भए पनि दुई नेताको प्रतिस्पर्धाले क्षेत्र नं. १ मतदाता र राजनीतिक वृत्तमा बढी चर्चामा छ ।

२०३६ सालमा शिक्षक पेसा छाडेर भूमिगत कम्युनिस्ट राजनीति सुरु गरेका ज्ञवाली अर्घाखाँची, नवलपरासीको पार्टी सचिव, अञ्चल सचिव, वैकल्पिक केन्द्रीय सदस्य, केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य हुँदै २०७० सालदेखि एमालेका केन्द्रीय सचिव छन् । केन्द्रीय राजनीतिमै बढी समय दिने ज्ञवालीले यसअघिका तीन निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. २ बाट लगातार तीन चुनाव लडे । पहिलो र दोस्रो जिते, तेस्रोपटक पराजित भए । अहिले चौथोपटकको प्रतिस्पर्धामा पुरानो क्षेत्रसमेत समेटिएको नयाँ निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार छन् ।

उनीसँगै तेस्रोपटकको प्रतिस्पर्धामा कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी छन् । २०६४ को निर्वाचनमा ज्ञवालीसँग २ हजार १ सय ५२ मतले पराजित भण्डारीले २०७० को संविधानसभा निर्वाचनमा ज्ञवालीलाई २ हजार ६ सय २९ मतले पराजित गरे । १६ वर्षको विद्यार्थी जीवनबाटै राजनीतिमा लागेर नेविसंघ केन्द्रीय सदस्य, महामन्त्री हुँदै कांग्रेस केन्द्रीय सदस्य भएका भण्डारी यसपटक ५ नं प्रदेश टुक्रयाउने पार्टीको निर्णयविरुद्ध लागेर थप चर्चामा आए । तर संसद्मा संविधान संशोधनकै पक्षमा मत हालेपछि आलोचित पनि भए । भण्डारीले यसपटक विकासका छुट्टै योजना अघि सारेका भने छैनन् । तर आफ्नो छवर्षे कार्यकालमा सुरु भएका योजना सम्पन्न भएपछि ‘गुल्मी विकासमा नमुना’ बन्ने उनको दाबी छ ।

एमाले सचिव ज्ञवाली कार्यकर्ताले लगाउने गरेको जिल्ला नआउने, साना विकासका योजनामा ध्यान नदिने र कार्यकर्ताको निकट हुन नखोज्ने आरोप खण्डन गर्ने प्रयासमा छन् । ‘केन्द्रीय राजनीतिमै केही समय बित्यो,’ उनले भने, ‘तर अब मतदाता, कार्यकर्ताको निकट रहेरै विकासका योजना अघि बढाउनेछु । विगतका अनुभवबाट पाठ सिक्दै गल्ती–कमजोरी सच्याएरै अघि बढेको छु ।’

भण्डारी भने आफूले गरेका कामको प्रचारप्रसार गर्दा आफूलाई ‘फेसबुके नेता’ भनेर लगाएको आरोप खण्डन गर्दै छन् । ‘आफूले गरेका काम गरें भन्दा कसरी फेसबुके भएँ ?’ उनले भने, ‘अहिलेसम्म गरेका कामकै आधारमा थप पाँच वर्षका लागि अवसर माग्दै छु ।’ जिल्लाका लागि पर्याप्त विकास गरेको उनको दाबी छ । भण्डारीले विकास र ज्ञवालीले समृद्धिको नारा अघि सारेका छन् । -कान्तिपुरबाट

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D