gulminews logo
शनिबार, २०८१ बैशाख ८

मैले चुनाव पैसाले होईन जनतामा म प्रतिको विश्वासले जित्छु: छन्द पहराई

प्रेम सुनार
गुल्मी, कार्तिक २३ । गुल्मी निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा नं. २ मा नेपाली कांग्रेस नेता तथा उम्मेदवार छन्द बहादुर पहराईलाई विजयी गराउनका लागी चुनावी प्रचार प्रसार अभियान सुरु भएको छ। उक्त चुनाव प्रचार प्रसार अभियान मालिका गाउँपालिका वडा नं. १ नेटाबाट सुरु भएको छ।

चुनाव प्रचार प्रसार उक्त अभियान कार्यक्रममा उम्मेदवार पहराईले स्थानीय कार्यकर्ता भेटघाट तथा स्थानीय बासिन्दाहरुलाई भेट्न घरदैलो कार्यक्रम राखेका छन् । उम्मेदवार पहराईले आफु लामो समय देखि गुल्मीमै क्रियाशिल रहेर स्थानीय रुपमा विकास निर्माणका कार्यलाई अगाडी बढाएका हुनाले बामगठबन्धनलाई हजारौं मतले पछाडी पार्दै चुनाब जित्ने दावि गर्दछन् ।

उक्त अभियानको क्रममा पहराईले जनताले काम गर्नेलाई चुन्नु अत्यावश्यक रहेको र केही समस्याहरु भएमा आफुलाई बताउन आग्रह गरेका थिए । अभियानको क्रममा उम्मेदवार पहराईले भने जनताहरु गफ गर्ने र झुठा आश्वसन्न देखाउनेको पछाडी होईन काम गर्नेको पछाडी लाग्न आग्रह गरेका छन। उम्मेदवार पहराईले पहिले देखी नै जनताको साथमा रहेर काम गर्ने गरेकोले वामपन्थीहरुलाई भारी मतले पछाडी पारेर जित्ने दावि गरेका छन् ।

उनले दल विचार नभनि आफुले जिल्लामा गरेको समाजसेवाको सम्मानस्वरुप गरिव, दलित, किसान, मजदुर र युवा पिढिले आफुलाई जिताउने दावि गर्दै आएका छन् । उनि ईमान्दार, निष्ठावान र जनता प्रति उत्तरदायि नेता मध्येका एक मानिन्छन् ।

समाजिक सञ्जाल फेसबुकमा उमेदवार पहराईले लेखेका छन् “मैले चुनाव पैसा र झुटो आश्वासनले होईन जनताको माया ममता, विश्वास र इमानदारीताले जित्दै छु ।” उनले थपेका छन्, “इतिहासले कोल्टे फेर्नेछ यसपाली नेपाली जनताले लोकतान्त्रिक शक्तिलाई विजय बनाउनुहुनेछ । चुनाबी अभियानमा जनताले मलाई दिएको माया प्रती उच्च सम्मान गर्दै विश्वासमा परिणत गर्ने प्रण गर्दछु।”
चुनाव प्रचार प्रसार अभियान कार्यक्रममा साविकका प्रत्येक गाविसबाट सम्मान जनक उस्थिती रहेको थियो । उक्त अभियानका क्रममा उम्मेदवार पहराई नेटाको सम्पूर्ण घरमा पुगेका थिए।

चुनाव प्रचार प्रसार अभियान तथा कार्यकर्ता भेटघाटको क्रममा महासमिति सदस्य प्रेम भण्डारी, इन्द्र बहादुर घर्ति र ज्ञानबहादुर कार्की लगायतका नेता कार्यकर्ताको उपस्थित रहेको थियो । चुनाव प्रचार प्रसार अभियानको क्रममा उम्मेदवार पहराईले समृद्ध गुल्मी निर्माणको लागी आफ्नो उम्मेदवारी भएको बतएका छन। उनले जिल्लालाई विकासमा नमुना बनाउने उद्धेश्य, योजना र कार्यनीति सहित आफु चुनावमा होमिएको कारण जनताले मत दिनुपर्ने बताएका छन। उनले जनतको मतद्वारा आफुलाई जिम्मेवारी प्रदान गर्न आग्रह गर्दै विजय पश्चात आफु जनताको मत खेर गएको भन्ने अनुभुती हुन नदिने बताएका छन।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D