gulminews logo
शनिबार, २०८१ बैशाख ८

मुसिकोट १ का अवरुद्ध सडक खुलाउन सुबेदार मेजरको अध्यक्षतामा समिती गठन

कौरब खत्री
गुल्मी, भाद्र २६ । गुल्मीे मुसिकोट नगरपालिका १ का अवरुद्ध मोटरबाटो खुलाउन मोटरबाटो मर्मत समिति गठन गरिएको छ ।

नगरपालिका वडा नं. १ अन्र्तगतका बर्षातको समयमा अबरुद्ध बनेका सबै मोटरबाटो तत्काल मर्मत संम्भार र सफाई गरि सूचारु गर्न समाजसेवी सुवेदार मेजर विष्णुध्वज खातीको अध्यक्षतामा ६ सदस्यीय उपभोक्क्ता समितिको गठन गरिएको हो ।

उपभोक्क्ता समितिका सदस्यहरुमा सोम बहादुर राना, ओम गुरुङ्ग, दुर्गा श्रेष्ठ,थम्मन बहादुर केसी,रुद्र गिरी रहेका छन् । यस्तै वडाले मोटरबाटोको उचित मर्मत संम्भार गर्नका लागि ६ जना लेन्थ वकरहरुको व्यवस्था गरिएको वडाअध्यक्ष पूर्ण बहादुर हितानले जानकारी दिए ।

साथै वडाअध्यक्ष हितानले बडा दशैँ नजिकिदै गर्दा तत्काल अवरुद्ध मोटरबाटो उचित मर्मत संम्भार एवं सफाई गरि सहज रुपमा आवत जावत गर्न आफूले पहल गरिरहेको जानकारी दिए ।

यता समितिले भोलिदेखि नै राक्सेढाव देखि अमराईसम्मको अबरुद्ध मोटरबाटोको पहिरो सफाई गरि मोटरवाटो खुलाउन डोजर प्रयोग गरि पहिरो सफाई गरिने उपभोक्क्ता समितिका अध्यक्ष खातीले जानकारी दिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D