gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

मुलुकको निकास र विकासका लागि वामपन्थीहरुको विकल्प छैन् : प्रदिपकुमार ज्ञवाली

प्रेम सुनार
गुल्मी, कार्तिक–२२ । नेकपा एमालेका केन्द्रीय सचिव तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार प्रदिपकुमार ज्ञवालीले अव मुलुकको निकास र विकासका लागि वामपन्थीहरुको विकलप नभएको बताएका छन् ।
pradip gyawaliआज फोक्सीङ्गको चुनावी सभालाई सम्वोधन गर्दै नेपाली जनताले सवै कम्युनिष्टहरु एक भई दिए हुन्थ्यो भन्ने चाहनालाई पुरा गर्दै र श्रमजिविज जनताको उक्त चाहना पुरा गर्न सम्पुर्ण कम्युनिष्टहरु एक भई सकेको बताए ।
वामपन्थी शक्तिहरुलाई यसपाली दल विचार नहेरी आगामी ५ वर्षसम्म विकास गर्ने अवसर मात्रै दिनुहोस हामी तपाईहरुको अपेक्षा पुरा गर्ने छौं र मुलुकलाई समृद्ध बनाएरै छाड्ने छौं उनले भने मैले लगाएको जुत्ता त दुई वर्ष टिक्छ तर सरकार ९ महिना पनि टिक्दैन अनि कसरी विकास हुँन्छ ?
नेपालको विकास र श्रमजिवि वर्गको समृद्धिका लागी वामपन्थीहरुको विकल्प नभएको भन्दै त्यसलाई सघाई नयाँ नेपाल निर्माणमा सरिक हुन सबैलाई आग्रह समेत गरे । विगतको २७ वर्षको इतिहास हेर्दा ७ वर्ष मात्रै देशको आर्थिक बिकास गरेको भन्दै उनले आगामी ५ वर्ष सम्म आफुहरुलाई साथ दिनु आग्रह गरे ।
आफु २,२ पटक साँसद हुँदा र एक पटक मन्त्री हुँदा गुल्मीको विकासमा उल्लेखनिय योगदान गरेको कुरा जनतालाई अवगत नै भएकोले आफुले अरुले जस्तै फलक्दै नहिड्ने उनको भनाई दियो । जिल्लाको विकास निर्माण कालिगण्डकी करीडोर लगायतका क्षेत्रमा महत्वपुर्ण योगदान पुराएकोले पनि आफु र आफ्ना वाम गठबन्धन जिल्लामा सफल हुने उहाँको दावि छ ।
सोही क्षेत्र प्रदेश १ का वामगठबन्धनका साझा उमेदवार नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य सुदर्शन बरालले नेकपाल एमालेलाई जिताउने जिम्मा माओवादी केन्द्रको भएको बताए ।
केन्द्रमा एमाले र माओवादी केन्द्र मिलि वाम गठबन्धन निर्माण गरेको र एक आपसमा विश्वास गरेको भन्दै एमालेलाई जिताउने जिम्मा आफुहरुले लिएको ुबताए । प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं १ प्रदेश सभा १ को चन्द्रकोट गाउँपालिका स्थीत ग्वाघामा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता बरालले यस्तो बताएका हुन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D