gulminews logo
बिहीबार, २०८१ बैशाख १३

मदानेका सबै वडामा नि:शुल्क स्वास्थ्य सेवा, बृद्धबृद्धाहरुलाई घरदैलोमै चेकजाँच र औषधी

शिवलाल सुवेदी
गुल्मी २५ असोज । जिल्लाको मदाने गाउँपालिकाले लोकप्रिय कार्यक्रम सार्वजनिक गरेको छ । मदाने कार्यपालिकाको पूर्ण वैठकले गाउँपालिकाभित्र जनताहरुलाई प्रत्यक्ष लाभ हुने गरि लोपप्रिय कार्यक्रम सर्वाजनिक गरेको हो ।

बुधवार गाउँपालिका प्रमुख दानबहादुर केसी खत्रीको अध्यक्षतामा वसेको बैठकले कृषि, पर्यटन, उद्योग, स्वास्थ्य, शिक्षा, खानेपानी लगायत स्थानीय उत्पादन र जनताहरुको आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम सर्वाजनिक गरेको छ । वैठकले नमुना कृषकलाई प्रोत्साहन भत्ता, कृषि रिणको ब्यवस्था गदै एक गाउँ एक उत्पादनको पकेट क्षेत्रका रुपमा घोषणा गरेर किसानहरुलाई ब्यवसायिकरण, आधुनिकीकरण र यान्त्रीकीकरण गरेर लैजाने, स्थानीय श्रम, सीप, आरन, सिलाईकटाई, क्षमतामा आधारित डोको डालो जस्ता पेशा ब्यवसाय गर्नेलाई आधुनिकीकरण गदै ब्यवसायिक बनाउने कार्यक्रम अगाडि सारेको छ ।

त्यस्तै पर्यटनको क्षेत्रमा यस गाउँपालिका भित्र रहेका कङ्के देउराली, मदाने लेक, टोप्रे लेख , अस्कुना धाम, पुराना मठ मन्दिरहरुमा पर्यटन प्रर्वद्धन गर्ने जनाएको छ । वैठकले शिक्षाको क्षेत्रमा गाउँपालिका भित्र रकेका गरिव, जेहेन्दार असाय बिद्यार्थीहरुलाई निशुल्क पठनपाठको ब्यवस्था गदै सवै बिद्यालयहरुमा कम्प्युटर शिक्षा, सवै वडा कार्यलयहरुमा इन्टरनेटको पहुचँ पु¥याउने, पालिकाका माध्यमिक तह र उच्च माध्यमिक तहमा इन्टननेट नेटवकिङ्ग,अत्याधुनिक सामुदायिक अध्ययन केन्द्रको ब्यवस्था गर्ने लगायतका कार्यक्रमहरु अगाडि सारेको छ ।

स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले सवै वडाहरुमा बर्थिङ सेन्टर स्थापना, सवै वडामा निशुल्क स्वास्थ्य सेवा, ७० बर्ष माथीका बृद्धबृद्धाहरुलाई नियमित घरदैलोमै स्वास्थ्य चेकजाचँका साथै औषधी उपलब्ध गराउने, सुत्केरी भत्ता, प्रत्येक वडामा १ लाखको स्वास्थ्य कोष स्थापना, बिद्यालय तथा क्याम्पसका छात्राहरुका लागि निशुल्क सेनेटरी प्याड उपलब्ध गराउने निर्णय गरेको कार्यकारी अधिकृत शुरेस भण्डारीले जानकारी दिए ।

यता जिल्लामै मदाने गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्ने समेत निर्णय गरेको छ । गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्नका लागि बजेट विनीयोजन भइसकेकाले छिट्टै सञ्चालनमा आउने पालिका प्रमुख दान बहादुर केसीले बताए । गाउँपालिका स्थानीय सरकार भएकाले स्थानीय जनताहरुको चाहाना विपरित र यहाँको आवश्यकता अनुसार अगाडि बढ्ने हो प्रमुख केसीले भने‘ हामीले कृषि,पर्यटन, उद्योग, पशुपालन,शिक्षा स्वास्थ्य र खानेपानीलाई पहिलो प्राथमिकतामा राखेका छो ।’

केसीका अनुसार जनता आवास कार्यक्रम अन्र्तगत खरका छाना हटाएर टिनका छाना लगाउने लगायतका कार्यक्रमहरु अगाडि सारेको बताए । गाउँपालिकाको प्रथम गाउँसभाले कार्यक्रमका लागि आर्थिक बर्ष २०७४÷७५ को ३१ करोड ८९ लाख ९३ हजार ८ सय ८० रुपैयाँ बराबरको अनुमानित आयब्यव वजेट सार्वजनिक गरेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D