gulminews logo
बिहीबार, २०८१ बैशाख १३

मतपत्र च्यात्नेकै पक्षमा फैसलाः ज्ञवाली, ढिलै भए पनि अदालतले न्याय दियोः रेणु

काठमाडौं । नेकपा एमालेका तर्फबाट भरतपुर महानगरको मेयर पदका उमेदवार बनेका देवी ज्ञवालीले अदालतको फैसला इतिहासकै दुर्भाग्यपूर्ण भएको बताउँदै जनमतले त्यसलाई अस्वीकार गर्ने टिप्पणी गरेका छन् । सर्वोच्च अदालतले भरतपुर महानगरको १९ नम्बर वडामा पुनः मतदान गर्ने फैसला गर्नु मतपत्र च्यात्ने कदमको बैधानिकता दिएको ठहर गर्दै जनताले त्यसलाई सच्याउनुपर्ने बताएका हुन् ।

devi gyanwali and renu dahal
उनले भने, “मतपत्र च्यात्नेकै पक्षमा सर्वोच्चले फैसला गर्नु दुःखद् छ । जनता त्यो निर्णयलाई मान्ने पक्षमा छैनन् । एमालेको पक्षमा मतदान गरेर अदालतको निर्णय सच्च्याउने छन् ।”

उनले अदालतको फैसला एमालेको पक्षमा नरहे पनि निर्वाचनको परिणाम एमालेको पोल्टामा पर्ने विश्वास व्यक्त गरे । त्यस्तै उनले गलत नजिर बसिसकेकाले मत्रपत्रको सुरक्षाको विशेष बन्दोवस्त मिलाउन निर्वाचन आयोग समक्षक अनुरोध गरे ।

“एमालेले हिजो पनि जितेकै हो, मतपत्र च्यातेर जनताको मतको अवमूल्यन गर्नेले जित्दैनन्, एमाले चुनाव जित्नेमा विश्वस्त छ,” उनले भने ।

नेपाली कांग्रेस र माओवादी केन्द्रबाट साझा उमेदवार बनेकी रेणु दाहालले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य रहेको बताउँदै जनताको अभिमतको कदर भएको प्रतिक्रिया व्यक्त गरेकी छन् । “दोश्रो चरणको निर्वाचन सकिएर नतिजा सार्वजनिक भएको पनि लामो समय बितेपछि अदालतले फैसला गरेको छ । यो निर्णय कुर्न निकै धैर्य गर्नुपर्यो । जनताको पक्षमा फैसला आएको छ ,” उनले खुसी व्यक्त गरिन् । उनले आफू निर्वाचन जित्नेमा विश्वस्त रहेकोसमेत बताइन् । -बाह्रखरी डट कम

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D