gulminews logo
शनिबार, २०८१ बैशाख ८

भौगोलिक सुन्दरतामा सामाजिक सेवाको श्रृंगारले सजिएको हाम्रो गुल्मी

राधा खरेल
हाम्रो शब्द कोषमा सुन्दर र श्रृंगार आफैमा परिपुरक छन र मानिस आफै मा एक महत्त्वकांक्षी र प्रगतिशिल हुनु प्राकृतिक गुण हो | यि सबै कुराहरुलाई जीबन गुजारा गर्दै जादा मौन बिकास भैरहेको उसले महसुस तत्काल नगरेपनि जिवनको एउटा बिन्दुमा महसुस हुन आउने गर्बका कुरा हुन। चाहे त्यो आर्थिक होस, सामाजिक होस अथवा पारिवारिक होस परन्तु कुनै यस्ता कुराहरु नि हुन्छन ताकि केहि गुमाउदा नि सारमा गर्ब महसुस गरिरहेको पाइन्छ |

यी सबैमा भन्दाबढि मानब जिवनकै दृढ बिस्वास सहितको भयानक रुपले गरिने गर्ब खासमा जननि र जन्म भुमि बिषेस अर्थ पूर्ण हुने गर्छ| यसै सुन्दर्भमा म आज यो क्षितिज पारिबाट मेरो जन्म भुमि नेपाल भित्रको सानो स्वर्गको नेपाल एउटा सानो टुक्रा अथवा मेरो आफ्नो तन, मन र जिवनको सर्बश्व गुल्मीको कुरा गर्न चाहान्छु |

जन्मभुमि आफुलाई राम्रो लाग्नु प्राकृतिक हुनु एउटा छुट्टै पाटो हो तर बिशेष किसिमका बिश्लेषण सहितका तर्क पूर्ण कुराहरु बाट यसको औचित्य पुस्टि गर्नु उत्तिकै गाह्रो कुरा हो

प्रकृतिक सुन्दरताका बयानहरू गर्दा मनमा धेरै चित्रण आउने गर्छन तर मेरो गुल्मीको प्रकृति सुन्दरता त्यत्ति मन मा आउने चित्रण लाई मात्र आधार मान्नु आफैमा अन्याय पुर्ण कुरा हुनेछ। धेरै जसो भु-भाग पाहाडले ओगटेको अनि ति पाहाडका कोसैको काख मा सुन्दर बस्ती अनि कोसैको काखमा उर्बर भुमिमा हनुमानले भगवान को प्राण बचाउन बोक्नु भएका जडिबुटिका सुन्दर बगैचाहरु अनि शिरमा कतै मन्दिरका गजुर जस्तो प्राकृतिक मनोरम त कतै भगवान शिब को शिरमा पार्बतिको मुख बाट झर्ने झरना जस्तै कल कल गर्दै बग्ने खोला नालाहरु जसले हेर्दाको सुन्दरता मात्र होइन उपयोगिताको सुन्दरतामा अझ लोभ लाग्दछ |

कतै सिचाइ, कतै खाने पानी त कतै साना जल बिधुत बनेका छन आहा त्यो मेरो जन्म ठाउँ सिरानमा जडिबुटिको सुमेरु पर्वत बिचमा मानब बस्तीको उपत्यका अनि काख मा उर्बर भुमि अनि कोखमा कैलास पर्बत बाट खान र सिचाई गर्न र प्रकृति लाई लोभ्याउन बग्ने ति नदिहरु छन् | गुल्मी प्राकृतिक स्रोतहरू साथै पर्यटन अनुग्रह भनेर स्वाभाविक सुन्दर दृश्यहरुमा धनी छ । यि त जन्मिदै पाएका सुन्दर जन्म भुमिका उपहार भयो र यो सुन्दर ठाउँ अथवा सानो नेपाल बाट जन्मिनेहरुले पनि भलै आफ्नु ठाउँ लाई गरे नगरे पनि सिङगो देश लाई गरेका कामहरुले यसको सुन्दरतामा अझ निखार आएको हामी महसुस गर्ने गरेका छौ | गुल्मी प्राकृतिक स्रोतहरू साथै पर्यटन अनुग्रह भनेर स्वाभाविक सुन्दर दृश्यहरुमा धनी छ ।

राजनीतिक होस या प्रसाशनिक रुपमा होस गुल्मीमा जन्मिएर बिभिन्न ठाउँलाई कर्म भुमि बनाएता पनि स्थाई सरकार मानिने सरकारी कर्मचारीको नेतृत्व गर्ने पुर्वमुख्य सचिब श्री लिलामणि पौड्याल भनौ वा संयुत्त रास्ट्र संघको भुपु उप-महासचिब श्री कुलचन्द्र गौतम भनौ गुल्मी मात्रै नभै देशकै कहिल्यै नअस्ताउने ताराको रुपमा स्थापित छन् । बिभिन्न प्रमुख राजनीतिक पार्टिका उच्च तहको नेत्रित्व नै किन नहोस अनि देशमा बितेका बिभिन्न राजनीतिक आन्दोलनमा स्थानिय जनसभागिता मात्रै होइन बलिदानी अमर सपुतहरु जन्म लिएको पवित्र भुमी हो गुल्मी ।

प्राकृतिक सुन्दरता तथा कृषीको उबर्भर भुमि गुल्मी नेपालमा पहिलो पटक कफि खेतिको शुरुवात गर्ने गौरवमय इतिहास बोकेको गुल्मी जिल्ला विदेशमा सबैभन्दा बढी अर्गानिक कफि निर्यात गर्ने जिल्ला हो भन्ने कुरामा स्वर्गीय राजा श्री ५ बिरेन्द्रले गरेको विभिन्न समयको भ्रमणबाटै पुस्टयाउछ | अतः संसारको जुनसुकै ठाउमा जे जसरी जे जस्तो आबस्था मा भएपनि गुल्मीको बिकासको लागि तन मन धनले सहयोग गर्दै एउटा पूर्ण गुल्मी बनाउन भाबी दिनमा पनि लागि रहनु पर्ने हुन्छ र बिषेश भुमिका खेलेको सबै को महसुस पनि हो र गुल्मेली हुँ भनेर सधै गर्भ का साथ भन्न पाउ, यहि मेरो शुभ कामना !

“जननी जन्म भुमिस्च स्वर्गदपि गरियसी”

हाल: बेलायत

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D