gulminews logo
बिहीबार, २०८१ बैशाख ६

भूमिगत कालमा बसेका ठाउँहरुमा घरदैलो गर्दै ज्ञवाली

प्रेम सुनार
गुल्मी, कार्तिक–२७ । नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्वर १ का उमेदवार प्रदिपराज ज्ञवालीको जन्म थलो मात्रै साविकको क्षेत्र नम्वर २ हो । वास्तवमा उनको कर्मथोलो भने कै साविकको क्षेत्र नम्वर १ हो ।
२०४२ साल देखि साविकको क्षेत्र नम्वर १ बाट भुमिगत राजनैतिक यात्रा सुरु गरेका ज्ञवालीलाई यति वेला घर दैलोका क्रममा नचिन्ने बुढा पाका कोही छैनन् ।
राष्ट्रिय चर्चाको व्यक्तित्व ज्ञवालीलाई नचिन्ने युवा वर्ग त छँदै छैनन् भुमिगतकालमा क्षेत्र नम्वर १ को उकाली ओरालीले उमेदवार ज्ञवालीलाई बृद्ध बृद्धाहरु संगको पुरानो चिनापर्चीले चुनावी प्रतिसपर्धालाई थप टेवा पुगेको उनको दावा छ ।

‘१७ वर्षको उमेर देखि उहाँका पुरानो पिढिसंग झ्याम्मीएर हिडे बसेको थिएँ । अहिले उहाँहरु संगको भेटघाट र उहाँहरुले दिएको मायाले म निकै हर्षित र गर्वित छु ’ नेता ज्ञवालीले भने–‘ साविकको क्षेत्र नम्वर १ मेरो राजनैति पाठाशाला हो, यहाँका सवै वासीन्दा मेरा राजनैतिक गुरु हुन् ।’
यहिका वासीन्दाले मलाई आजको स्थानमा पुराएका हुन् गलाअवरुद्ध पार्दै नेता ज्ञवालीले थपे–आज शौभाग्य ठान्द छु म यसै क्षेत्रको जनप्रतिनीधिका रुपमा उमेदवार हुने अवसर पाएकोमा । ’
उनलाई भेट्ने बृद्ध बृद्धाहरुले उही पुरानो भाषा प्रयोग गर्दै भन्ने गरेका छन्–‘ ए..वाय… वावु त उति बेला पातलो थियौं , आठो पिठो जे दिन्थीउँ त्यही खान्थेउ , कति फरासीला थियौ यतिका वर्ष पछि भेट्न पाईयो वरै..। ’
नेता ज्ञवालीले ३० वर्ष अघि आफैले संगठित गरेका कार्यकर्ताहरु भेटर भावुक बनेको बताउँ छन् । चन्द्रकोट गाउँपालिका अन्तरगत दिव्रुङ्ग साराङ्ग गाउँका ९० वर्षिय बृद्ध कृष्णलाल खरालको घरमा पुगेका नेता ज्ञवालीलाई जन्मजात कांग्रेस भनिएका खरालले भने–‘ क्यार्न ढाँट्न्यो र वावु , मान्छे त म कांग्रेसै हुँ यसपाली भोट चाँही तपाईहरुलाई दिन्छु ।’
उनका नाती नवराज खरेल भने माओवादी केन्द्रका कार्यकर्ता हुन् । उनै नातीले नेता ज्ञवाली र प्रदेशका उमेदवार सुदर्शन वराललाई लिएर पुुगेका थिए घरमा । बृद्धको त्यो भनाईले केहि वेर भावुक भए प्रदिप ज्ञवाली ।
बृद्ध कृष्णलालले नाक बङ्गाउँदै नवराज तिर फर्किदै भने–‘ यो नेता केटाले वारम्वार माओवादी बन्नुस बा भनेर हैरान पार्थो ( पाथर््यो ं) तर जिज्यु वाजेले मान्दै आएको कांग्रेस पार्टी छाट्न मेरा मनले ठ्याक्कै मानेन वाय, ठिकै छ यसपाली भोट भने हाकीदाउ भन्छु वावुहरुलाई नै दिन्छु ढुक्क हुनुस् । ’
ज्ञवाली मुस्कुराए । संगै रहेका नाती खराललाई हजुर वुवा संग सेल्फी खिच्न लगाए । नवराज भन्छन्–‘यसपाली भने हजुरवाले धन्न मन पागाल्नु भयो नत्र पहिला त अरु पार्टीबाट भोट माग्न जानेलाई ¥याई¥याँई त पार्नु हुन्थ्यो । ’
चन्द्रकोट–१ को रुपाकोटमा घर दैलो गर्दै पुगेका उमेदवारद्धयः सय वर्ष पुग्न दुई वर्ष बाँकी रहेकी रुपकला भण्डारीकहाँ पुगे । सय वर्ष पुग्नै आँटेकी बृद्धा भण्डारीले नेता ज्ञवाली र सुदर्शन वाराललाई वर्षऔं देखि बेपत्ता भएको छोरा टुप्लुक्क घर आए जस्तो गरी दलानमा आउँदै गरेकालाई आँगन मैं पुगेर हर्ष खुशीको मुद्रामा हाम हालिन् ।
‘ए नानी त चिन्नै नसक्ने भए चौं ( छौं ) , कहिले कसो टिभियाँ त देख्तें, नजिकबाट नदेखेको त धेरै वर्ष भयो हुन्तो ? भनेर भनिन् । नेता ज्ञवाली भुमिगतकालमा उनको घरमा धेरै समय वसेका थिए ।
नेता ज्ञवाली भावुक हुँदै भन्छन–‘ उ त्यो गोठको कोठामा सुत्ने गर्दथे । उहाँ मेरी जन्म दिने आमाले भन्दा बढि ममता दिनु भएको थियो । कहिले काँही मध्ये रातमा आईन्थ्यो । कहिल्लै नभर्किने उहाँ वावु चुलामा छ आटो आफै झिकेर खाउँ हामी सुत्यौं भन्नु हुन्थ्यो । भोकको बेला तताएर खाना पनि ढिला भएर चिसै पनि खाईन्थ्यो र सुतिन्थ्यो ।’
नेता ज्ञवालीले १५ वर्ष अघि उनै आमालाई घरै भेट्न गएको बताए । ‘त्यस यता केन्द्रिय राजनीतिको व्यस्तताले उहाँलाई भेट्न आउन सकेको थिएन , १५ वर्ष पछिको उहाँ संगको यो भेटले मलाई हर्ष विभोर बनाएको छ ’–नेता ज्ञवाली भने–‘यो मेरो लागि ठुलो अवसर हो ।’
सोही क्षेत्र प्रदेश नम्वर १ का उमेदवार सुदर्शन वराल त त्यहीका वासीन्दा हुन् । वाल्यकाल देखि नै कम्युनिष्ट आन्दोलनमा लागेका र पछि १० वर्षे जनयुद्धमा समेत त्यहाँको उकाली ओराली गरेको उनि सवै संग परिचीत छन् । उनलाई त्यहाँका वासीन्दाले जिताएर पनि पठाई सकेका छन् । ‘
‘यसपाली २०६४ साल कै जस्तो सवैले जुन माया उत्साह देखाउनु भएको छ यसले म आफु र प्रदिप कमरेडलाई अध्याधिक मतले विजयी गराउनु हुन्छ भन्ने कुरामा हामी ढुक्क छौं’ बरालले भने–‘उता कमल श्रेष्ठ कमरेड सहित हामी वामगठबन्धनले ६ वटै तहमा विजय हाँसिल गर्दै छौं ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D