gulminews logo
शुक्रबार, २०८० चैत्र १६

भिडियो: रुद्राबेणी-वामीटक्सार हुँदै बुर्तिवाङ यात्रा गर्ने यात्रुहरुलाई सास्ती माथि सास्ती

कमल पौडेल
खर्वाङ, साउन ७ । बुटवल देखी बागलुङको बुर्तिवाङ सम्म चल्ने यात्रु तथा मालबाहक सवारी साधनहरु रुद्राबेणी-वामीटक्सार सडक ठाउँठाउँमा पहिरो गएर अवरुद्ध हुँनाले प्रभावित भएका छन् । बागलुङ जिल्लाका गल्कोट देखी सुदूर पश्चिम ढोरपाटन र निसी सम्मका यात्रुहरु बुटवलबाट यसै मार्ग भएर आउने जाने गर्छन भने दैनिक खाद्यान्न लगायत उपभोग्य सरसामान, व्यापारिक सरसामान ढुवानी गरिने मार्ग यहि भएकाले यो अवरुद्ध हुँदा साथ बागलुङ जिल्लाका पश्चिमी भागको जनजीवन नराम्ररी प्रभावित हुने गरेको छ ।

वर्षातको समय रुद्रवेनी-वामी टक्सारका विभिन्न भागहरुमा पहिरो जाने र हिलोले गर्दा सडक अवरुद्ध हुने पुरानै रोग मानिन्छ । केहि दिन पहिले उल्लीखोलामा सडक अवरुद्ध हुँदा सयौँ यात्रुहरु बुटवलबाट बागलुङ सदरमुकाम हुँदै गल्कोट भएर खर्वाङ,बुर्तिवाङ गन्तव्य सम्म पुग्दा निकै कष्टकर यात्रा गर्न बाध्य हुने गरेका छन् भने सवारी मालिकहरुले जथाभावी भाडा असुली गर्दा आर्थिक मारमा समेत पर्ने गरेका छन् ।

अहिले पनि यो सडक अवरुद्ध बनेपछी बुुर्तिवाङ सम्मका यात्रुहरु र मालबाहक सवारी साधनहरु घुमाउरो सडक भएर गन्तव्यमा पुग्नु पर्दा ढुवानी भाडा महंगो पर्ने र सवारी भाडापनि बढी तिर्नुपर्ने बाध्यतामा यात्रुहरु रहेका छन् । अर्कोतिर मध्यपहाडी लोकमार्गको रिघा खण्डमा बराबर झरीरहने पहिरो र खोलाहरुमा पक्की पुलको निर्माण कार्य सम्पन्न भैनसकेको अवस्थामा बागलुङ सदरमुकाम हुँदै पश्चिम चल्ने सवारी साधनहरुपनि सहजरुपमा गन्तव्यमा पुग्न सकिरहेको अवस्था छैन ।

सरोकारवालाहरुले गुल्मी जिल्लाको विकासको मेरुदण्डको रुपमा मात्र नभै बागलुङ जिल्लाको पश्चिम भेगको निम्ति महत्वपूर्ण रहेको रुद्रवेनी वामीटक्सार सडक बाह्रै महिना सन्चालनमा ल्याउन भरमग्दूर प्रयास गर्नु जरुरी देखिएको छ । वर्षा लाग्योकि ठण्डाराम को स्थितिलेत जनताहरु मर्कामा परिनै रहने भए नि ? जतिसक्यो छिटो सबैको ध्यान जाओस !

हेरौँ यस् सडकको हरिबिजोग:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D