gulminews logo
बुधबार, २०८१ बैशाख १२

भिडियो: चन्द्र भण्डारीले गुल्मीका बोटेहरुसँग यसरी मनाए दसैंँ

कौरव खत्री
गुल्मी, असोज १५ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नं. २ का सांसद चन्द्र भण्डारीले सीमान्तकृत बोटे माझी र कुमाल बस्तीको घरदैलोमा पुगेर दशै मनाउन पाउदा निकै खुशीको अनुभूति भएको र बास्तविक दशैको महत्व बुझेको बताए ।

कांग्रेस नेता भण्डारीले सीमान्तकृत बोटे माझीलाई पात्रोमा मात्र सीमिम दशैँ बल्ल बास्तविकरुपमा मनाएको उल्लेख गर्दै सबै जना एकापसमा मिलेर सुख, दु:ख साटासाट गर्ने पर्वको अनुभूति भएको अनुभव पनि व्यक्त गरे ।

गुल्मी दरवार गाँउपालिका १ बलिथुममा रहेका बोटे माझीहरुलाई दशैको टीका लगाउन माझी बस्तीमा पुगेका नेता भण्डारीले दशैको उपहार स्वरुप सिमान्तकृत बोटे माझी र कुमाल बस्तीहरुको लागि ५० घर निर्माण गरिदिने घोषणा गरेका छन् । माझी समुदायहरुमा धेरै परिवर्तन र विकासमा नेता भण्डारीले निरन्तर सहयोग गदै बोट माझी र कुमाल समुदायलाई माथि उठाउन ठूलो सहयोग पुगेकोले आफूहरु निकै हर्षित भएको स्थानीय युवा होम बहादुर माझीले बताए ।

यसैवीच नेता भण्डारीले दशैको उपहार स्वरुप सीमान्तकृत समुदाय अन्तर्गतका बोटे माझी र कुमाल बालवालिकाहरु बिविध शैक्षिक सामग्रीहरु वितरण गरेका छन् ।गुल्मी क्षेत्र नं। २ का सांसद समेत रहेका नेता भण्डारीले गुल्मी दरवार गाँउ पालिका वडा नं। १ बलिथुममा रहेको माझी प्राथमिक विद्यालयमा अध्ययन गर्ने झण्डै १ सय,५० जना सीमान्तकृत बोटे माझी र कुमाल बालवालिकाहरुलाई दशैको टीका दक्षिणसँगै पोशाक, कपी, पेन लगायतका सामग्रीहरु वितरण गरेका हुन् ।

सो अवसरका विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष होम बहादुर माझीले नेता भण्डारीले विद्यालयमा अध्ययन गर्ने बोटे माझी र कुमाल बालबालिकाहरुलाई खाजा,पोशाक,कपि,पेन लगायत आवश्यक लेखपढमा सामग्रीहरु सहयोगले बालवालिकाहरुको पढाई ठूलो सहयोग पुगेकोे बताए ।नेता भण्डारीले आफूले राज्यबाट पाएको तलवले जिल्लाका विभिन्न स्थान र क्षेत्रमा छरिएर रहेका सीमान्तकृत समुदाय अन्र्तगतका बोटे माझी,कुमाल दलित विपन्न, असाय, गरिव बालवालिकाहरुको लागि अध्ययनमा आवश्यक पर्ने पोशाक, कपि,पेन लगायतका सामग्रीहरु सहयोग गदै आएका छन ।
हेरौँ भिडियो

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D