gulminews logo
शुक्रबार, २०८० चैत्र १६

भारतमा गाडीले हानेका नेपालीले गुहार पाएनन

प्रेम सुनार
गुल्मी, भाद्र–७ । गत साउन १५ गते भारतको लुदियानामा गाडीले हानेर घम्भीर घाईते भएका एक जना नेपालीले कसैबाट गुहार पाउन नसकेर जिवन मरणको दोसाँधमा पर्नु परेको छ । दाङ्गको घोराही उपमाहनगरपालिका वडा नम्वर ८ बुधौरा टोलका १८ वर्षिय सन्तोष बिक र उनका दाजु बिक्रम बिक यस्तो अवस्थामा पुगेका हुन् ।

उक्त दिन साँझ करिव ६ वजेको सयममा जलान्धरबाट मोटर साईकलमा आएका उनिहरुलाई लुदियानाको सम्ब्रेला चोकको पुल माथी पछाडीबाट तिव्रगतिमा आएको निजी कारले ठक्कर दिएर दुवै भाईलाई गभ्मीर घाईते बनाएको थियो । त्यस दिन उक्त कार अज्ञात भनिए पनि लुदियानाको मोतीपुर प्रहरी चौकीमा उजुरी दर्ता गरे पछि प्रहरीले उनिहरुलाई ठक्कर दिन कार पत्ता लगाएको थियो ।

त्यस चौकीका अनुसार एसआर ०६ वाई १२२१ नम्वरको कारले उनिहरुलाई हानेको थियो । अगस्त २ मा त्यहाँको एक पत्रिकाले पनि उक्त खवर प्रकाशित गरेको थियो । कार प्रहरीले हिरासतमा राखे पनि कार मालिकले उपचार खर्च उपलव्ध नगराई दिदा उनिहरु लुदियानाको एपोलो अस्पतालको बेड नम्वर ४४७ मा भर्ना गरिएका उनिहरु मध्ये विक्रमको अवस्थामा सुधार आए पनि उनका भाई सन्तोषको अहिले सम्म होस खुल्न सकेको छैन् ।

२४ दिन भई सक्यो भाई सन्तोषको होस खुल्न सकेको छैन् । दैनिक १५ हजार खर्च लाग्छ हामी संग पैसा छैन यसर्थ निवन रक्षार्थ सवै संग सहयोगको हात फैलाएका छौं, दाङ्गमा रहेका उनका दाजु राजु बिकले भने मेरो भाईको जिवन बचाई दिन म विनम्र अनुरोध गर्दछृ । उनले एैलानी जमिनमा बसेकोले बेच्न पनि नसकिने र ऋण पनि पाउन नसकेका कारण सञ्चार माध्यमको साहरा लिएर सहयोगको हात फैलाउनु परेको बताए । विपन्न परिवारमा जन्मीएका उनिहरु तिनै भाईको सानैमा बाबु मृत्यु भएका र एउटी आमा मात्रै रहेकोले भारतको रोजगारी गर्न गएका थिए ।

सन्तोष जलान्धर पुगेको जम्मा तिन महिना भएको थियो । सन्तोषले त्यहाँबाट टेलिफोनमा रुदै भने–‘ हाम्रो यहाँ बोली दिने

कोही नहुँदा गुहार पाउन सकेनौं । ’ प्रहरीले उल्टै तथानाम गाली गर्ने गरेको गुनासो समेत उनले गरे । न्याय पाउनु पर्ने आफुहरुले सडकको कुकुर सरहको गाली खानु परेको छ बिक्रमले भने म त बाँचे तर मेरो भाई बचाउनका लागि सवैको सहयोग जरुरी भएको छ । त्यहाँ स्थित विभिन्न राजनैतिक दलका प्रवासी संगठनलाई भन्दा पनि सुनुवाई नभएको दुखेसो उनले गरे । सउदी अरवमा रहेकी बिक्रमकी सासु सिता बिकले पनि रुदै सवै संग सहयोगको अपिल गरेकी छि ।

उनिहरुलाई सहयोग गर्न चाहनु हुने महानुभावले बैंक अफ ईन्डिया लुदियानाको उनिहरुको खाता नम्वर ६४०२१०११०००७८९४ मा रकम राखी दिन सक्नु हुने छ । त्यसबारे जानकारी लिन दाङ्गस्थित उनका दाजु राजुको मोवाईल नम्वर ९८०९५९५७२४ मा सम्पर्क राख्न सकिने छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D