gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीमा १७ जना यात्रु बोकेको गाडी दुर्घटना

अप्डेट ५: बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा मृत्‍यु हुनेको सङ्ख्या ९ पुगेको छ । सोमबार बिहान तम्घासका लागी छुटेको बा४ख ५५०१ नम्बरको माईक्रो गुल्मी दरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको थियो । दुर्घटनामा ९ जनाको मृत्यु भएको र ८ जना घाएते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।

यो पनि पढ्नुहोस्: गुल्मीमा दुर्घटनामा मृत्‍यु भएका सबै ११ जनाको सनाखत (नाम ठेगाना सहित)


अपडेट ४:
अनिल खत्री
गुल्मी कात्तिक १३ । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । सोमबार बिहान तम्घासका लागी छुटेको बा४ ख ५५०१ नम्बरको माईक्रो गुल्मी दरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा ७ जनाको मृत्यु भएको र ६ जना घाएते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए । बुटवलबाट १७ जना यात्रु लिएर तम्घास आएको थियो ।
दुर्घटनमा मृत्यु हुने र घाइतेहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरी र स्थानिले उद्धार कार्यमा जुटि रहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल आर्यालले जानकारी दिए । घाइतेहरुको अबस्था हेरिकन प्रहरीलाई पाल्पा पठाउन भनिएको प्रजिअ अर्यालले जानकारी दिए । दुर्घटनाको कारण खुल्न सकेको छैन् । गाडीमा चालक सहित १५ जना थिए । २ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रेम सुनार
अपडेट ३: दुर्घटना भएको स्थान बिरबास बजार र बन्द्रखुट्टाको बिचमा पर्ने कुसेंद्रो फाल्ने भन्ने थुन रहेको जानकारी स्थानीय सन्तोष शर्माले बताउनु भएको छ। दुर्घटनामा घाइते बस मालिक माधब पोख्रेललाइ लिएर पाल्पा जाँदै गरेको उहाँले बताउनु भयो। बिपरित दिशाबाट आएको जिपसंग छेउमा परेको र जिपले ठक्कर दिदा भीरबाट तल खसेको मालिक पोख्रेलले बताउनु भएको छ। घाइते तथा मृतकको पहिचान अझै खुल्न सकेको छैन, प्रहरीले अप्ठेरो भिर बाट उद्द्वर कार्यमै रहेकोले सनाखत गर्न नभ्याएको भनिएको छ।

अपडेट २:: पछिल्लो जानकारी अनुसार भिरमै ७ जना घाइते फेला परेका छन्। ७ जना मध्ये ३ जनाको अवस्था अत्यन्त गम्भीर रहेको र घाइते सबैलाई उपचारको लागि पाल्पा पठाईएको छ। नेपाली सेना, शशस्त्र प्रहरी, जनपद प्रहरी लगायत स्थानीयले मिलेर उद्वार गरिरहेको जानकारी प्राप्त भएको छ। बस अझै पनि नदेखिएको भनिएको छ।

अपडेट १:: भर्खरै प्राप्त समाचार अनुसार ६ जनाको दुर्घटनामा परि मृत्यु भैसकेको र शव फेला परेको छ। उक्त शवहरू बाटोबाट तल भिरमा भेटिएको र स्थानीय र प्रहरीले निकालेको जानकारी प्राप्त भएको छ। बस एकदम तल कता छ भन्ने नै नदेखिएकोले मृतकको संख्या बढ्न सक्ने प्रहरी अनुमान छ।

थप जानकारीको लागि हाम्रा सहकारी प्रेम सुनार घटनास्थल जाँदै गरेकोले थप जानकारीको लागि गुल्मिन्युज हेर्दै गर्नु होला।

बुटवल बाट तम्घास जाँदै गरेको माइक्रो बस गुल्मी दर्बार गाउँ पालिका वार्ड नम्बर ४ बिर्बासमा केहि बेर अघि दुर्घटनामा परेको छ। पूर्ण विवरण न आइसके पनि बुटवल काउन्टरबाट १३ जना लिएर हिडेको बा ४ ख ५५०१ नम्बरको बस बिपरित दिशाबाट आएको बससंग ठोक्किएर दुर्घटनामा परेको हो।

बस बाटोबाट निकै तल खसेको र बस कहाँ निर छ भनेर नदेखिने स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिएका छन्।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D