gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

बुटवलबाट गुल्मी जाँदै गरेको जीप दुर्घटना: एकको मृत्यु, १० जना घाइते

पाल्पा, फागुन २१ । बुटवलबाट गुल्मी जाँदै गरेको लु १ ख १४२८ नम्बरको जीप पाल्पाको अर्गेलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छ्न । मृत्यु हुनेमा रुपन्देही सैनामैना १ की ५५ बर्षिय धनकली बिक सुनार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र जिसीले जानकारी दिनुभयो ।

घाइते हुनेमा रुपन्देही सैनामैना १ का सुरेश बिक, रोशन बिक, सुबास बिक र निना बिक गुल्मी चन्द्रकोट –५ का राम बहादुर थापा, गोर्खा भिमसेन नगरपालिका ८ का मुना भट्ट रुपन्देहि देबदह –१० कि मनमाया सुनार, बाग्लुङ गल्कोट –८ कि जोनु सुनार रुपन्देही सैनामैना १ का पदम सुनार र बाग्लुङ बरेङ ५ का रेशम सुनार रहेका छन् ।

जीप सडकको भित्तामा ठोकिँदा दुर्घटना भएको हो । घाइतेहरुको तानसेन स्थिति लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनाको कारण पत्ता लागि नसकेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । -बिष्णु खनाल / रेडियो नेपाल

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D