gulminews logo
बिहीबार, २०८१ बैशाख ६

बिदामा घर गएका गुल्मी-भुर्तुङ समितिका संस्थापक सल्लाहकार मृत भेटिए

देबेन्द्र केसी
नयाँ दिल्ली । भारतमा कार्यरत भुर्तुड्गेली हरुलाई संगठित गर्ने ध्येयले स्थापना भएको गुल्मी-भुर्तुङ्ग सम्पर्क समिति (भारत) का संस्थापक सल्लाहकार दिल्ली समितिका नेता ६३ बर्षिय रेशम शाहको रुपन्देही, बक्सरडाँडाबाट गुल्मी स्थित घर जाँदै गरेको अवस्थामा बाटैमा निधन भएको छ ।

रुपन्देहीबाट छिमेकी को मलामी भएर पाल्पाको राम्दी गएका शाह राम्दी बाट हिजो पुर्तिघाट जाने गाडीमा पुर्तिघाट गएर बास बसेका थिए । आज बिहान पुर्तिघाटबाट भुर्तुङ स्थित घर हिँडेका शाहको तल्लो कोर्याङ्गको खमारी पाटामा मृत भेटिएका हुन । “हार्ट अट्याक” का कारण निजको मृत्यु भएको समिति अध्यक्ष टिका बहादुर कार्की ले श्रोत लाई उद्धित गर्दै जानकारी दिनुभएको छ । मान बहादुर शाहका ज्येष्ठ सुपुत्र रेशम शाहका दुई छोरा र एक छोरी रहेका छन् ।

नयाँ दिल्ली स्थित बिबिसी हिन्दीको मुख्यालयमा सुरक्षा निरिक्षकको रुपमा कार्यरत शाह दशै बिदामा नेपाल गएका थिए। उनी मृत भेटिएको ठाँउ घर देखी अन्दाजी २ किमी टाढा पर्दछ । पुर्तिघाटबाट छापचौर सम्म गाडी जाने भएपनि आफु पैदलै जाने भन्दै पुर्तिघाटबाट बिहानै हिँडेका थिए । “समितिले एक असल समाजसेवीलाई गुमाएको छ । हरेक पलमा सहयात्री बनेर साथ दिनु भएका आदाणिय अभिवावकलाई समितिले गुमाउँदा असिम पिडा बोध भएको छ” घटना बारे जानकारी दिदै समिति अध्यक्ष टिका बहादुर कार्कीले भन्नुभयो ।

“हाल रुपन्देही जिल्लाको बक्सर डाँडामा बसाईसराई गरेपनि उहाँ हरपल भुर्तुङ्गलाई मनमस्तिस्कमा लिएर हिँड्ने असल समाजसेवी हुनुन्थ्यो । एउटा असल छोरालाई भुर्तुङ्गेली धर्तीले गुमाएको छ” समिति उपाध्क्ष शितल शाहले भन्नुभयो । भुर्तुङ्गको हरेक दुखसुखमा साथ दिएका शाह बिगत केही समय देखी आन्तरिक बिमारी बाट पिडित थिए । सम्भवत बिमारी कै कारणले हार्ट अट्याक भएको हुन सक्ने ठम्याई आफन्तजनको छ र लासको पोस्टमार्टमको लागि अहिले खैरेनी स्थित अस्पताल लगिएको जानकारी श्रोतले दिएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D