gulminews logo
बिहीबार, २०८१ बैशाख १३

बाम एकता बिरोधीहरु फर्जि हल्ला फिजाउँदै छन् : प्रदिप ज्ञवाली

अनिल खत्री
गुल्मी कात्तिक २६ । नेकपा एमाले सचिव एबं गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधी सभा उम्मेदवार प्रदिप ज्ञवालीले बाम एकता बिरोधीहरु एकता भाड़न फर्जि हल्ला फिजाएको बताएका छन् । ज्ञवालीले आइतवार गुल्मीको चन्द्रकोट गाउँपालिकाको रुपाकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले पहिलो निर्वाचन अगाबै पार्टी एकिकरणको हल्ला फिजाएर बाम गठबन्धनलाई फुटाउन खोजीरहेका बताए । ज्ञवालीले भने ‘बजारमा केहि फर्जि हल्ला फिजाएर गठबन्धन टुट्छकी भन्ने आश जागेको होला यो गठबन्धन पार्टी एकिकरण सम्म पुग्नको लागी गरिएको हो ।’

चुनाब लगतै पार्टी एकता प्रक्रिया अघि बढ़ने ज्ञवालीले भने, ‘सैदान्तिक कुरा बहासबाट टुंगाइने छ ।’ पार्टी एकिकरण अगाबै केंद्र देखी जिल्ला सम्म एकिकरणको मापदण्ड बनाइने ज्ञवालीले बताए । पार्टी नेता र सदस्य सम्मको लागि आचार संहिता तैयार गरिने ज्ञवालीले भने ‘एकता अघि पार्टी कमिटी र जनबर्गीय सँगठनको संरचनाको खाका तयार गरिने ।’
ज्ञवालीले आर्थिक सामाजिक हिसावले जनताको जीवनस्तर उठाई जनताले गौरव गर्ने अवस्था ल्याउनका लागि कम्युनिष्ट एकता भएको बताएका छन् । लामो समयदेखिको राजनीतिक अस्थीरता आठ नौ महिनामा सरकार परीवर्तन गर्ने अवस्थाका कारण स्थीर सरकार बनाउने देशको तिव्र विकासका लागि यो तालमेल भएको बताए ।
नेपालमा ठूलो संघर्ष गरी नयाँ संविधान जारी गरेको भन्दै यो संविधान कार्यन्वयनको चरणमा भएको र कार्यन्वयन भएको जिम्मा पनि राजनीतिक दलकै काधँमा रहेको बताए । एमाले र माओवादी केन्द्रबिच बाम गठबन्धन लामो समयको छलफलपछि निर्माण भएको बताए । एउटै सिद्धान्त भएका दुई दलहरुका बिच चुनावपछि पार्टी तालमेल गर्ने र देशलाई विश्वमै नमुना मुलक बनाउने उदेश्यसहित गठबन्धन निर्माण गरिएको बताए ।
गठबन्धनले देशमा रहेको अनियमितता, भष्ट्रचार लगायतका समस्याहरुको अन्त्य गर्दै समृद्ध नेपाल निर्माण गर्ने उनको भनाई छ । दश बर्षमा मध्यम आय भएको विकसित मुलुक र १० बर्षमा २० हजार मेगावाट विद्युत उत्पादन गरेर देशका सबै जनशक्तिलाई देशमै रोजगार सिर्जना गर्ने बताए । नेपाल प्राकृतिक हिसाबमा धेरै धनी मुलुक हो ज्ञवालीले भने, ‘यसै सम्पदाको उच्चतम सदुपयोग गर्दै नेपाललाई विकासशिल राष्ट्रको दर्जामा पु¥र्याउछौँ ।’

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D